चितवन / चितवनका युवा अनिल परियार (कान) हत्या प्रकरण थप शंकास्पद बनेको छ । आइबार राति धारिलो हतियार प्रयोग गरी हत्या भएको घटनास्थलमा गोलीको खोका फेला परेको छ ।
घटनास्थलमा दुई वटा गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । एउटा गोलीको खोका घटनास्थलमा र अर्को घटनास्थलबाट एक सय मिटर पर फेला परेको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले एटुजेड समाचारलाई जानकारी दिए ।
धारिलो हतियार प्रयोग गरी हत्या भएको भनिए पनि घटनास्थलमा गोलीको खोका भेटिनुले घटनालाई घटनालाई थप शंकास्पद बनाएको छ । अहिलेसम्म घटनामा संलग्न सोही पनि पक्राउ परेका छैनन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए ।
यसैबीच नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण जनाएको छ । चुनावी प्रचार प्रसारमा खटिएका परियारको सुनुयोजित तरिकाले आक्रमण गरी निर्मम तरिकाले भएको हत्याले कांग्रेस चितवनलाई मर्माहित तुल्याएको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस चितवनले घटनाप्रति खेद प्रकट गर्दै यथाशिओघ्र दोषी पत्ता लगाई कडा भन्दा कडा सजायको माग गरेको छ । दोषीलाई यथाशिघ्र कारबाही नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं चितवन प्रशासन हुने कांग्रेस चितवनको चेतावनी छ । कांग्रेस चितवनकै अन्य भातृ संगठनहरुले पनि दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।
भरतपुर महानगरपलिका १२ मिलनचोक निवासी कांग्रेस बागमती प्रदेश प्रतिनिधि परियारको आइतबार साँझ ७ः३० बजे धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर ७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । (एटुजेड समाचारबाट)
परियार हत्या प्रकरण : घटनास्थलमा भेटियो गोलीको खोका
May 9, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
