चितवन / चितवनका युवा अनिल परियार (कान) हत्या प्रकरण थप शंकास्पद बनेको छ । आइबार राति धारिलो हतियार प्रयोग गरी हत्या भएको घटनास्थलमा गोलीको खोका फेला परेको छ ।
घटनास्थलमा दुई वटा गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । एउटा गोलीको खोका घटनास्थलमा र अर्को घटनास्थलबाट एक सय मिटर पर फेला परेको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले एटुजेड समाचारलाई जानकारी दिए ।
धारिलो हतियार प्रयोग गरी हत्या भएको भनिए पनि घटनास्थलमा गोलीको खोका भेटिनुले घटनालाई घटनालाई थप शंकास्पद बनाएको छ । अहिलेसम्म घटनामा संलग्न सोही पनि पक्राउ परेका छैनन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए ।
यसैबीच नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण जनाएको छ । चुनावी प्रचार प्रसारमा खटिएका परियारको सुनुयोजित तरिकाले आक्रमण गरी निर्मम तरिकाले भएको हत्याले कांग्रेस चितवनलाई मर्माहित तुल्याएको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस चितवनले घटनाप्रति खेद प्रकट गर्दै यथाशिओघ्र दोषी पत्ता लगाई कडा भन्दा कडा सजायको माग गरेको छ । दोषीलाई यथाशिघ्र कारबाही नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं चितवन प्रशासन हुने कांग्रेस चितवनको चेतावनी छ । कांग्रेस चितवनकै अन्य भातृ संगठनहरुले पनि दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।
भरतपुर महानगरपलिका १२ मिलनचोक निवासी कांग्रेस बागमती प्रदेश प्रतिनिधि परियारको आइतबार साँझ ७ः३० बजे धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर ७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । (एटुजेड समाचारबाट)
- ADVERTISEMENT -

परियार हत्या प्रकरण : घटनास्थलमा भेटियो गोलीको खोका

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37











