२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा ३५ सय सुरक्षाकर्मी परिचालन

प्रकाशित मिति : २०७९ बैशाख २८ गते

चितवन / चितवनमा रहेका एक सय ६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ ।
जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको छ ।
एक सय ६१ मतदानस्थल मध्य २५ वटालाई अतिसंवेदनशील मतदानस्थलको रुपमा वर्गीकरण गरिएको छ । यस्तै ९२ मतदानस्थललाई संवेदनशील र ४४ लाई सामान्य रुपमा लिईएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
अघिल्ला निर्वाचनमा भएका घटनाका आधारमा स्थलको वर्गीकरण गरिएको हो । सात पालिकामा चार सय ५१ मतदान केन्द्र रहेका छन् ।
यस्तै चितवनमा स्थानीय तह निर्वाचनका लागि तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी गरी तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालित भएको डिएसपी अधिकारी बताए ।
बिमानस्थल र कारागार सुरक्षाको जिम्मा सेनालाई
चितवनको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो । यी क्षेत्रमा जेठ २ गतेसम्म नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिने छ । निर्वाचन नसकिएको खण्डमा समय थप गर्न सकिने उनले बताए ।
हरेक निर्वाचनमा महत्वपूर्ण प्रतिष्ठान र निकायमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिने गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी जिल्लामा सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको छ ।
पुरुष भन्दा महिला मतदाता धेरै
चितवनमा कुल तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । यस पटक चितवनमा ८४ हजार ६८२ जना नयाँ मतदाता थप भएका छन् । गत २०७४ सालको स्थानीय तह चुनावमा चितवनमा तीन लाख १३ हजार तीन जना मतदाता रहेका थिए ।
कुल मतदाता मध्ये महिलाको संख्या धेरै रहेको छ । आयोगका अनुसार चितवनमा महिला मतदाता दुई लाख चार हजार ६६७ जना रहेका छन् । भने पुरुष एक लाख ९३ हजार १८ जना रहेका छन् । अन्य एक जना छन् ।
भरतपुरमा धेरै, इच्छाकामनामा कम
चितवनका सात पालिका मध्ये भरतपुर महानगरपालिकामा सबै भन्दा धेरै मतदाता रहेका छन् । भरतपुरमा एक लाख ८५ हजार ७५२ जना मतदाता रहेका छन् । ति मध्ये ८८ हजार ८८४ पुरुष हुन् भने ९६ हजार ८६७ महिला हुन् । अन्य एक जना रहेका छन् ।
सात पालिका मध्ये इच्छाकामना गाउँपालिकामा सबै भन्दा कम मतदाता रहेका छन् । आयोगका अनुसार इच्छाकामनामा आठ हजार २४२ पुरुष र सात हजार ३९२ महिला गरी कुल १५ हजार ६३४ मतादाता रहेका छन् ।
कालिका नगरपालिकामा १५ हजार ५६० पुरुष र १५ हजार ५९७ महिला गरी कुल ३१ हजार १५७, खैरहनीमा २० हजार ७३२ पुरुष र २२ हजार ७९९ महिला गरी ४३ हजार ५३१ तथा माडीमा १३ हजार ७५८ पुरुष र १४ हजार ५६२ पुरुष गरी २८ हजार ३२० मतदाता रहेका छन् ।
यस्तै रत्ननगरमा ५२ हजार ६४२ जना मतदाता रहेका छन् । जस मध्ये २५ हजार ३४७ पुरुष हुन् भने २७ हजार २९५ महिला हुन् । उता राप्तीमा २० हजार ४९५ पुरुष र २० हजार १५४ गरी ४० हजार ६४९ मतदाता रहेका छन् ।
कुन पालिकामा कति मतदान केन्द्र
चितवनमा यस पटक चार सय ५१ मतदान केन्द्र रहेका छन् । गत २०७४ को स्थानीय तह निर्वाचनमा तीन सय ७६ मतदान केन्द्र रहेका थिए । यस पटक ७५ मतदान केन्द्र थप भएका हुन् ।
सबै भन्दा धेरै भरतपुर महानगरपालिकामा दुई सय दुई मतदान केन्द्र रहेका छन् । यस्तै इच्छाकामनामा इच्छाकामनामा २२, कालिकाका ३७, खैरहनीमा ५१, माडीमा ३२, रत्ननगरमा ६० र राप्तीमा ४७ मतदान केन्द्र रहेका छन् ।
यस्तै यस पटक एक सय ६१ मतदान स्थल तय भएका छन् । जस अनुसार इच्छाकामनामा १४, कालिकामा ११, खैरहनीमा १७, भरतपुरमा ६५, माडीमा १५, रत्ननगरमा २१ र राप्तीमा १८ मतदान स्थल रहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि एक सय ६१ नै मतदान स्थल रहेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04