June 13, 2024

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

May 26, 2022

मकवानपुर / बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते प्रस्तुत हुने भएको छ । संसद सचिवालयमा बिहीबार बसेको कार्य परामर्श तथा व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्का अनुसार, बागमती प्रदेशसभाको भोलि अर्थात जेठ १३ गते बस्ने दशौं अधिवेशन बैठकको कार्यसूची तयार पार्न बसेको कार्य पराशर्म समितिको बैठकले सो निर्णय गरेको हो ।
भोलि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको प्रमुख सचिव खड्काले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -