सौराहा / बागमती प्रदेश सभा सदस्य महतोले थारूको पहिचान नै इमान्दारिता र मेहेनत भएको बताए । थारु पत्रकार संघ चितवनद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सो बताएका हुन् ।
सांसद महतोले स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित चितवनका थारु जनप्रतिनिधिहरूलाई निर्वाचनका बेला जुनसुकै दलबाट प्रतिनिधित्व गरेर उमेदवार बने पनि जनताबाट निर्वाचित भइसकेपछि विपक्षी दलको समेत प्रतिनिधि भएकोले सबै दललाई समेटेर काम गर्नुपर्ने सुझाव दिए ।
उनले भने, ‘जनताले चुनेर पठाएपछि हामी शासक होइनौँ, सेवक हौँ भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन ।’ यसपटकको स्थानीय तह निर्वाचनमा जनताले दलभन्दा पनि व्यक्ति हेरेर नेता चुनेकोले राम्रा व्यक्ति निर्वाचित भएको उनको भनाइ थियो ।
थारू पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरीले थारू समुदाय काम गर्न सक्षम भए पनि आफूले गरेकै कामको विषयमा पनि जानकारी गराउन नसक्ने हुँदा सक्षम र दक्ष भएर पनि आफू पछि परेको बताए ।
त्यसैले थारू समुदायका जनप्रतिनिधिहरूले थारू जातिलाई बोल्न सिकाउने व्यवस्था मिलाउन उनले आग्रह गरे । ‘कम्तिमा थारू जनप्रतिनिधिहरूले आफ्नो समुदायको बाहुल्यता भएका पालिका र वडाहरूमा बोल्ने कलाको लागि नीति नै बनाएर बजेट विनियोजन गर्नु आवश्यक छ,’ उनले भने, ‘जसबाट थारू समुदायमा आवश्यक तालिम सञ्चालन गर्न सकियोस ।’
थारू कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीले पनि थारूको भाषा, कला र संस्कृति संरक्षणको लागि पालिका र वडाले नीति नै बनाएर कार्यक्रम ल्याउन सुझाव दिए । नत्र अन्य आदिवासी जनजातिको जस्तै भाषा लोप हुने खतरा बढ्दै गएको उनको भनाइ छ ।
माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजीमहतोले थारू समुदायबाट प्रतिनिधित्व गर्दै जनताको सेवक बनेर काम गर्ने ठाउँमा आइपुगेको हुँदा आफ्नो समुदायलाई भुल्न नहुने बताइन् । ‘निर्वाचनका बेला विभिन्न दलबाट आए पनि हामी थारू जातिबाट प्रतिनिधित्व गर्दै यहाँसम्म आइपुगेका हौँ, त्यसैले हाम्रो मूल घर भनेकै थारू हो,’ उनले भनिन्, ‘तर, अन्य जातिलाई पछि पार्नुपर्छ भन्न खोजेको पनि होइन । हामी जनताको प्रतिनिधि भएकोले जनताको चाहनाअनुसारको काम गर्नुपर्छ ।’
हरेक जनप्रतिनिधिमा काम गर्नको लागि क्षमता, योग्यता र इच्छाशक्ति चाहिने उनको भनाइ छ । निर्वाचनका बेला विभिन्न दलहरूले खुट्टा तान्ने प्रयास गरे पनि जनताको चाहनालाई कसैले बदल्न नसक्ने हुँदा आफू दोस्रो पटक जनप्रतिनिधि बन्न पाएको बताइन् ।
स्थानीय तह निर्वाचन–२०७९ मा थारू समुदायबाट माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजीमहतोसहित ५५ जना जनप्रतिनिधिलाई एकसाथ सम्मान गरिएको संघका अध्यक्ष दीपेन्द्र चौधरी (दीपेश)ले जानकारी दिए । थारू पत्रकार र थारू समुदायको जनप्रतिनिधिबीच आपसी चिनापर्चीको लागि पनि बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको उनले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सौराहामा थारु जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












