March 17, 2025
- ADVERTISEMENT -

भैरहवाको रोहिणी नदिमा बस खस्यो, ९ जनाको मृत्यु

June 5, 2022
Photo : Halkaro

नवलपुर / रुपन्देहीको रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउने क्रममा आज (आइतबार) बिहान ४ः३० बजे उक्त दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको हो । उक्त बस रुपन्देहीको रोहिणी गाउँपालिका–४ र ओमसतिया गाउँपालिका–४ को सीमामा रहेको रोहिणी नदीमा खसेको हो । बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए ।
दुर्घटनाका घाइतेहरुलाई भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ भने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -