चितवन / कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयले दुध र पशु श्रोत केन्द्रलाई बिनियोजन गरेको अनुदान रकम असार भित्रनै उपलव्ध गराउने गरी काम अघि बढाएको छ । पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालय मार्फत दिइने यो अनुदानबाट बागमती प्रदेश भित्रका १ लाख भन्दा वढि कृषक प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् ।
मन्त्रालयका सचिब डा. शरण कुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रु १६ करोड र पशु श्रोत केन्द्रका लागि रु १ करोड ६० लाख अनुदान रकम बिनियोजन गरिएको छ । आज (आइतबार) यहाँ पत्रकारहरु संग कुराकानी गर्दै पाण्डेले भन्नुभयो, ‘असार भित्रै हामी अनुदान रकम बाँढ्ने गरी काम गर्दै छौं ।’ निर्देशनालयमा रहेका केही कर्मचारीहरुले प्रकृया अघि नबढाए पछि कृषकहरुको चौतर्फि दबाब परेको थियो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिब किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रकृया अघि बढ्न ढिला भएको थियो । उहाँका अनुसार काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि वढाएको उहाँले बताउनुभयो । दूध अनुदानमा गत वर्ष चितवनका किसानले रु ८ करोड पाएका थिए ।
चितवनमा यस वर्ष १ सय ४ वटा सहकारी संस्थाले अनुदानका लागि आबेदन दिएका छन् । बगालेले भन्नुभयो, ‘आधाभन्दा बढि अनुदान रकम चितवनका किसानले पाउँछन् ।’ निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर रु २ अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रु २२ करोड आबश्यक पर्ने उहाँ बताउनुहुन्छ । गत वर्षको जति नपाए पछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उहाँको भनाई छ । आँफुहरुले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चीत हुने अबस्थामा पुगी सकेको उहाँ बताउनुहुन्छ ।
सचिब पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागे संगै अनुदान रकम भूक्तानी गर्न सकिने बताउनुभयो । कृषकको चौतर्फि दबाब पछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि वढाएको जनाएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले आचरण बिपरित गोपन्यता भंग गरेको भन्दै मन्त्रालयले कारबाही प्रकृया समेत अघि वढाएको छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र केरा व्यवसायी संघ चितवनले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काम अघि वढाएकोमा खुशि प्रकट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बागमती प्रदेशका कृषकले दूधको अनुदान असारमै पाउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














