चितवन / राप्ती नगरपालिकाका निवर्तमान उपमेयर एवम् नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य इमानसिंह लामाले श्रीमानको क्रुर यातनाबाट ज्यान गुमाउन पुगेकी खैरहनीकी गीता माझीको दुई छोरीहरुको अभिभावकत्व ग्रहण गरेका छन् ।
लामाले आमाको मृत्यु तथा बाबु हिरासतमा रहेका कारणले अलपत्र अवस्था पुग्न लागेका गीताका छोरीहरुलाई उनीहरुको घरमै पुगेर अभिभावकत्व ग्रहण गरेका हुन् ।
उनले गीताकी दुई कक्षामा अध्यनरत कान्छी छोरी सुस्मिता माझीलाई १२ कक्षासम्म पढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । अर्की माइली छोरी निशालाई पढ्ने उमेर ढल्किसकेकोले रोजगारमुलक जुनसुकै सीप सिक्न चाहेमा सहयोग गर्ने लामाले प्रतिबद्धता जनाएका छन् ।
लामाले अभिभावकविहीन अवस्थामा आफ्नो सानो सहयोगले कसैको अध्ययन निरन्तरता हुन्छ भने र कसैको चुल्हो जल्छ भने आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्न तयार रहेको बताए । कान्छी छोरी सुस्मिता आमाको किरियामा बसेकी छन् भने उनीहरुलाई भेट्न पुगेका लामाले स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा अभिभावकत्व ग्रहण गरेका हुन् ।
लामा यसअघि पनि विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएका छन् । उनले राप्तीका उपमेयर हुँदा आफ्नो आम्दानीको सबै रकम आर्थिक रुपमा विपन्न चेपाङका ६ घर परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरी दिएका हुन् । कोभिडका बेला दीर्घरोगी तथा अन्य अस्पताल जान नसक्ने विरामीहरुलाई आफैले गाडी चलाएर अस्पताल लैजाने र ल्याउने कार्य समेत गरेका हुन् ।
उनले आफू पदमा रहे पनि नरहे पनि सामाजिक काममा सक्रियता निरन्तर रहने बताए । सुस्मितालाई कक्षा १२ सम्म अध्ययन गर्नका लागि आवश्यक पर्ने सबै खर्च व्यहोर्ने उनले भने ।
गीताका श्रीमान् रामचन्द्रले मलद्वारबाट लठ्ठी घुसाउँदा गम्भीर घाइते भएकी उनको जेठ १६ गते निधन भएको थियो । आफ्नै श्रीमती कुट्ने ४० वर्षका रामचन्द्रलाई ज्यान मार्ने उद्योग र जवर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राप्तीका निवर्तमान उपमेयर लामाद्वारा अलपत्र दुईको अभिभावकत्व ग्रहण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














