२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अधिराज्यभर विभिन्न घटनामा आठको मृत्यु

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते

काठमाडौं / काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको राससलाई जानकारी दिनुभयो । उहाँले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२÷२३ वर्षको भएको बताउनुभयो ।
मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताउनुभयो । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।
बेपत्ता रहेका दुई युवक सोमबार मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् ।
जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जङ्गल मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिनुभयो । रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेट्टिएको हो । बोल्न नसक्ने र सुस्त मनस्थिति भएका रावतको लडेर मृत्युु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रावतको शव आफन्तको जिम्मा लगाइएको छ ।
यस्तै धामीको शव सिगास–३ कै सल्लेबगडमा छाप्रेको रूखमा झुन्डिएको अवस्थामा भेट्टिएको हो । उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । दुवै घटनाबारे अनुसन्धान भइरहेकाले जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै दाङमा एक महिलाले श्रीमान्को हत्या गरेकी छिन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले लोहोरो प्रहार गर्दा गुप्ताको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । हत्याको आरोेपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।
त्यस्तैगरी पोखरामा बसको ठक्करबाट तनहुँका एक जनाको मृत्यु भएको छ । पोखराबाट तनहुँतर्फ आउँदै गरेको ना७ख ४९७६ नम्बरको बसको ठक्करबाट घिरिङ गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–२७ अर्घौचोक बस्ने ६५ वर्षीय इमराज लामिछानेको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते लामिछानेलाई उपचारका लागि क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।
यसैगरी गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर आज मृत्यु भएको छ । छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।
त्यस्तै, मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प १६२० नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००४ क ०५८० नं को दूधको ट्याङ्करले आज ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न सवारी साधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्याँसी बस्ने ३५ वर्षीय राजन ब्याञ्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45