२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

७७ लाख बढीको अवैध कपडा बरामद

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते
File photo.

चितवन / नारायणगढ बजार क्षेत्रबाट ठूलो परिणामको अवैध लत्ता कपडा प्रहरीले बरामद भएको छ । भन्सार चोरी पैठारी गरी लु १ ख ९५४५ नम्बरको ट्रकमा अवैध रुपमा लुकाई छिपाई ल्याएको ७७ लाख ६ हजार ८७५ रुपैयाँ बराबरको कपडा बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधवार बिहान ९ बजे नारायणगढको बालकुमारी चोकस्थित सडक छेउमा रोकी राखेको ट्रकमा तलासी गर्दा सिमेन्टका बोरामाथि अवैध रुपमा लुकाएर ल्याएको अवस्थामा उक्त परिणामको कपडा बरामद भएको हो ।
अवैध लत्ता कपडा र पैठारीका लागि प्रयोग भएको ट्रक गरी एक करोड २२ लाख छ हजार ८७५ बराबरको सामान आवश्यक कारवाहीको लागि बुधवार नै राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -