चितवन / भरतपुर महानगर क्षेत्रभित्र तत्काल ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवन उद्योग संघद्वारा मंगलबार आयोजित प्रमुख तथा उप–प्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा सो बताएका हुन् ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको सहकार्यमा २ सय ५० किलोमिटर सडकमा ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको प्रमुख दाहालले बताइन् ।
महानगरको आगामी विकास निर्माणका विषयमा विषयगत क्षेत्रसँग गहन छलफल चलिरहेको उनको भनाइ थियो । सोही अवसरमा उनले व्यवसाय र घरबहाल करलाई व्यवस्थित बनाउन चितवन उद्योग संघलाई आग्रह गरिन् ।
कार्यक्रममा संघले भरतपुर महानगरपालिकाको समृद्ध विकासको लागि केही नीतिगत सुझावहरु समेत दिएको छ । संघले औद्योगिक ग्राम स्थापना र नेपालकै पहिलो औधोगिक पाठशालालाई सहयोग गर्नुपर्ने, सडकमा भएका बिजुलीका तार र टेलिफोनका तारहरुलाई संरक्षण गर्न महानगरको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै हाटबजारमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुपर्ने, महानगरको वेभ पोट्रलमा स्थानीय उत्पादनको बारेमा तथ्यांक राख्ने वातावरण मिलाउने लगायतका विषयमा महानगरले सहयोग गर्न संघले आग्रह गरेको छ ।
कार्यक्रममा महानगर शैक्षिक माहाशाखाका प्रमुख महेन्द्र पौडेल, भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, भरतपुर–१२ का वडा अध्यक्ष लेखराज पन्त, भरतपुर–१५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा र भरतपुर–२६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनालको उपस्थिति रहेको थियोे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर महानगर क्षेत्रभित्र ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














