काठमाडौं / गृह मन्त्रालयले १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले नेपाल प्रहरीका उनीहरुलाई बुधबार सिफारिस गरेको हो । जसमध्ये चार जना महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।
बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् । दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।
अन्यमा क्रमशः अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।
१७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए ।
१७ एसएसपीको डीआईजीमा बढुवा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
