काठमाडौं / नेपालमा थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १२० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३१४ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३२९ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
