२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा नियमित विद्युत आपूर्ति नहुँदा व्यवसाय मारमा

प्रकाशित मिति : २०७९ असार २२ गते

चितवन / नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले समस्या आएको धेरैको गुनासो छ ।

उद्योग सङ्घ चितवनका प्रतिनिधिले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समस्याका बारेमा अवगत गराएका थिए । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । डिजेलको मूल्य अत्यधिक बढेकाले जेनेरेटर चलाउने अवस्था नभएको भन्दै उहाँले दिनभर मजदुरलाई त्यसै पालेर राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विद्युत् समस्याका कारण उद्योग सङ्कटमा पुगेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उपकरण जलेर ठूलो क्षति व्यहोर्नुपरेको छ ।” उद्योगी व्यवसायीका समस्या प्राधिकरणले नसुनेको उहाँको भनाइ छ । कतिपय उद्योगमा बीचबीचमा विद्युत् जाने समस्याले कच्चा पदार्थसमेत नष्ट हुने गरेको उहाँले जानकारी दिनुभयो । आर्थिक चलायमान कम भइरहेको समयमा उद्योग नियमित सञ्चालन गर्न नपाउँदा बैंक किस्ता र ब्याज बुझाउनसमेत कठिन अवस्था आएको उहाँले बताउनुभयो । प्लाष्टिक उद्योग सञ्चालन गर्दै आउनुभएका पुराना व्यवसायी राजेन्द्र ओलीले लोडसेडिङको समयमा तालिकाअनुसार काम गर्न पाएको भए पनि अहिले झनै अस्तव्यस्त भएको गुनासो गर्नुभयो ।

प्लास्टोटेक नेपाल र आशीर्वाद पाइप उद्योगका सञ्चालक ओली कच्चा पदार्थ तातेपछि विद्युत् जाँदा कच्चा पदार्थसमेत नष्ट हुने गरेको बताउनुहुन्छ । उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्षसमेत रहनुभएका ओलीले प्राधिकरणले उद्योगको समस्याका बारेमा ध्यान नदिएको गुनासो गर्नुभयो । यस्तै अवस्था रहेमा उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहने उहाँ बताउनुहुन्छ । उद्योगका अतिरिक्त सर्वसाधारण विद्युत्का कारण हैरान भएका छन् । सानातिना व्यवसाय गर्नेहरु इन्भर्टर राख्नुपर्ने बाध्यता पुगेका छन् ।

- ADVERTISEMENT -

Advertisement

तालिकामा गरिएको लोडसेडिङपछिको समयमा इन्भर्टर हटाएका भरतपुरका बासिन्दाले पुनः जडान गर्न बाध्य भएका छन् । भरतपुर–१० का देवीप्रसाद शर्माले विद्युत् प्राधिकरणका अधिकारी र इन्भर्टरलगायतका व्यवसायीको साँठगाँठका कारण विद्युत्मा समस्या सिर्जना गरिएको आरोप लगाउनुभयो । विद्यार्थी अघोषित लोडसेडिङबाट निकै प्रभावित भएका छन् ।

चितवनजस्तो गर्मी ठाउँमा पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले निर्माणका काम र विद्युत् स्तरोन्नतिको काम भइरहेकाले समय–समयमा विद्युत् अवरोध भएको दाबी गर्नुहुन्छ । उहाँको भनाइमा धेरै ठाउँमा विद्युत्को सुधारका काम भइरहेको छ । –रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68