चितवन / खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर १४ जना घाइते भएका छन् । चितवनको कालिका नगरपालिका ८ मझुवास्थित कमला विकको खेतमा रोपाइँ गर्ने क्रममा बुधवार १४ जना चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रोपाइँ गर्ने क्रममा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सो क्रममा हुरिबतास र पानीसँगै आएको चट्याङले उनीहरुलाई घाइते बनाएको हो ।
प्रहरीका अनुसार घाइतेहरु वर्ष २१ की रोजिना श्रेष्ठ, वर्ष २० की रोशी श्रेष्ठ, वर्ष ३८ कि दिलकुमारी अधिकारी, वर्ष २५ कि सुस्मिता श्रेष्ठ, वर्ष २१ की राधिका मिजार, वर्ष १८ सिमा सुनार, वर्ष २३ कि कमला वि.क. वर्ष २५ कि संगिता सुनार, वर्ष ३० कि अनिता तामाङ, वर्ष ४३ कि अनु श्रेष्ठ, वर्ष ३५ कि कमला कामी, वर्ष २० कि लक्ष्मी मिजार, वर्ष ४५ कि चिनामांया सुनार, वर्ष १८ की देवी बि.क. हुन् ।
उनीहरु सबै कालिका न.पा. ८ का स्थानीय भएको र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
July 7, 2022
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -