२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पर्यटनको सम्भावना बोकेको सोक्ला गाउँमा “रक क्लाइम्बिङ” संचालन

प्रकाशित मिति : २०७९ असार २७ गते

काठमाडाैं / दोलखाको सोक्ला गाउँमा ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ सुरु भएकाे छ । आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको यस स्थानमा ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ सुरु गरिएको हो ।
सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित साहसिक पर्यटकीय गतिविधि सुरु गरेका हुन् । खेलाप, सोक्ला र चक्पासँग जोडिएको तीन वटै पहरामा मिनी रक क्लाइम्बिङ, एडभान्स र हाइ लेबलको रक क्लाइम्बिङ गर्न सकिने अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङबु शेर्पाको भनाइ छ ।
‘सोक्लाको रक, भूगोल र वातावरणीय दृष्टिले रक क्लाइम्बिङसँगै साइक्लिङ गर्न सकिन्छ । स्वदेशी भन्दा पनि विदेशीहरूका लागि यो उत्तम गन्तव्य हो,’ माउन्टेन गाइड शेर्पाले भने, ‘अन्डर ग्राउन्ड एडभेन्चर टुरिजमका लागि सोक्लाको भूगोल छनौटमा छ । यहाँ पाँच वटा रुट बनाएर रक क्लाइम्बिङ गर्न सकिन्छ ।’
उनका अनुसार गुमडाँडाको डिलबाट प्याराग्लाइडिङ गरेर तामाकोशी किनारामा ल्यान्डिङ गर्नका लागि वेसक्याम्प बनाउनु पर्छ । सोक्ला खेलाप क्षेत्रमा एग्रो टुरिजमसँगै जिप लाइन र बन्जी जम्प निर्माण गरेर विदेशी पाहुना भित्र्याउन सकिने शेर्पाको अध्ययनले देखाएको छ ।
भीमेश्वर नगरपालिकाका विपत व्यवस्थापन टिमले सोक्लामा रक क्लाइम्बिङ परीक्षण गरेका छन् । गाइड तथा प्रशिक्षक थिर बहादुर खड्का र शिव खड्काको टिमले सफल रूपमा रक क्लाइम्बिङ परीक्षण गरेका हुन् ।
प्रशिक्षक थिर बहादुर खड्काले सोक्ला रक क्लाइम्बिङका लागि सबैको रोजाइको गन्तव्य बन्ने दाबी गरेका छन् । फ्रान्सका नागरिकहरूले समेत सोक्ला गाउँको रक क्लाइम्बिङ क्षेत्रको भ्रमण गरेका छन् । नेपालमा सामाजिक कार्य गर्दै आएका १५ जनाको टिमले यस क्षेत्रको प्रवर्द्धनका लागि सहयोग गर्ने बताएका छन् ।
भीमेश्वर नगरपालिका-२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले फ्रेन्च नागरिकहरूलाई दोलखा बजारमा स्वागत गरेका थिए । दोलखाबाट फ्रेन्च नागरिकहरूले ‘सोक्ला रक क्लाइम्बिङ एन्ड हाइकिङ २०७९’ सुरु गरेका थिए ।
सोक्लाश्वरी पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । समाजका अध्यक्ष अर्जुन पाख्रिनले दोलखाको समृद्धि र विकासका लागि पर्यटन नै प्रमुख आधार भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39