चितवन / नारायणगढको मेनरोडमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु र अर्का एक गम्भीर घाइते भएका छन् । आज बिहान साढे एक बजे (सोमबार) नारायणगढको पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नं. को ट्रकले ना २६ प ४८५१ नं. को स्कुटर ठक्करलाई दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर १ को भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक क्रस गरी जाने क्रममा ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।
प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २० का सन्दिप गुरुङ हो भने अर्का गम्भीर घाइते नवलपुर गैंडाकोट वडा नं. ४ का वर्ष २१ का मनिस लामा हुन् ।
गुरुङको उपचारको क्रममा नयाँ मेडिकल कलेज (अस्पताल) मा बिहान २ बजे मृत्यु भएको हो भने लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनमा एकाबिहानै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
