September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘भाइरल साडी’मा खुल्दै रेनुको प्रतिभा, गीत आजै सार्वजनिक (भिडियो)

July 14, 2022


चितवन । नेपाली गीत संगीत क्षेत्रमा म्युजिक भिडियो अपरिहार्य विषय हो । सर्जकले सिर्जना गरिसकेपछि आवाज भर्ने र अडियो मिक्सिङ सकिएपछि दोस्रो पाटो नै भिडियो निर्माण हो । त्यसैले अडियोअनुसारको भिडियो बनाउनु हरेक सर्जक तथा प्रस्तोतालाई चुनौतीपूर्ण हुन्छ । तर, मोफसलमा बसेर संगीतकर्ममा लागेका जुनसुकै सर्जकलाई पनिपहिलेभन्दा धेरै सहज छ । राजधानीबाहिर नै उत्कृष्ट भिडियो निर्माण गर्न सक्ने जनशक्ति केही वर्ष यता पूर्ति हुँदै आएको छ ।
करिब दशकभन्दा अघिसम्म अडियो र भिडियो दुवैका लागि राजधानी नै केन्द्रित हुनुपर्ने बाध्यता थियो । तर, अहिले त्यस्तो बाध्यता छैन । चितवनमा पनि गायक÷गायिका तथा सर्जक, म्युजिक भिडियो निर्माण, निर्देशनदेखि छायाँकन तथा सम्पादनसम्मको काम चितवनबाटै गर्न सकिने प्रविधि र क्षमताको विकास भइसकेको छ ।
म्युजिक भिडियो निर्माणमा निर्देशनको पाटो सबैभन्दा मह¤वपूर्ण मानिन्छ । त्यही मह¤वपूर्ण पाटो सम्हाल्दै विगत लामो समयदेखि संघर्षरत छिन्, रेनु तामाङ ।
नृत्य निर्देशक संघ चितवनकी अध्यक्ष समेत रहेकी तामाङ व्यावसायिक रूपमै भिडियो (नृत्य) निर्देशनतर्फ केन्द्रित भएको पनि थुप्रै भइसक्यो । म्युजिक भिडियो निर्देशनसँगै उनी नृत्यसम्बन्धी प्रशिक्षण समेत दिन्छिन् ।
यही क्रममा नजिकिँदै गरेको महिलाहरूको पर्व तीजगीतको भिडियो निर्माणको काम पनि तीव्र रूपमा भइरहेका छन् । निर्देशक तामाङ पनि सदाका वर्षहरूमा जस्तै यसवर्ष पनि ‘भाइरल साडी’ तीजको गीत निर्देशन गरेकी छन् । त्यसमा अभिनय समेत आफैँले गरेकी छन् । उक्त गीतको भिडियो आज (बिहीबार) साँझ सार्वजनिक भएको छ ।
गीतको भिडियो भने सन्तोष सुनारले खिचेका छन् । वर्षा म्युजिक प्रालिको ब्यानरमा निर्मित भिडियो गायिका सरिता गुरूङ श्रेष्ठको सांगितिक कोसेली हो । विगत लामो समयदेखि तीज गीतकी गायिकाको परिचय बनाउन सफल सरिताले ‘भाइरल साडी’ नामक उक्त गीतमा शब्द तथा लय संकलनका साथै आवाज पनि आफैँले भरेकी छन् । ‘पानी प¥यो दर्केर झण्डै रूझिन’, ‘कसो गरम् चमेली’, ‘तीजैमा भाइले’ (बरिलै), ‘हङकङको जुत्ता’लगायतका गीत मार्फत आफ्नो गायकीलाई माथि उठाइसकेकी छन् ।
निर्देशक तामाङ भने तीजको गीतमा निर्देशन गर्न पाउँदा र आफ्नो क्षमता देखाएर नाच्न पाउँदा गर्व महसुस हुने बताउँछिन् । उनले गायिका सरिता गुरूङ श्रेष्ठकै ‘नाचमज्जाले’मा पनि निर्देशन गरिसकेकी छन् । यसअघिका कामले सफलता प्राप्त गरेपछि यसअघि सहकार्य गरेकै स्रष्टा तथा सर्जकहरूसँग दोहोरिएर काम गर्ने अवसर मिलेको उनी बताउँछिन् । सिजनमा एकै दिनमा तीनवटा गीतको भिडियोसमेत निर्देशन गरेको अनुभव छ उनीसँग ।
निर्देशक तामाङको श्रीमान मनोज लामा पनि नृत्य निर्देशक नै हुन् । श्रीमान् श्रीमती नै एउटै क्षेत्रमा भएकोले पनि यस क्षेत्रमा टिकेर काम गर्न सहज भएको उनको भनाइ छ । तामाङ दम्पतिले मगर संस्कृतिमा आधारित रमेश रानामगर निर्देशित चलचित्र ‘मिह्री’मा समेत नृत्य निर्देशन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement