April 22, 2025

नेपाल प्रहरीका सात जिल्लासहित ११ एसपीको सरुवा

July 24, 2022
- ADVERTISEMENT -

काठमाडौं / नेपाल प्रहरीका ११ जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले सात जिल्लाकासहित ११ एसपीहरूको काज सरुवा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वामदेव गौतमलाई सुरुवा गरिएको छ । गौतम यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका कार्यरत थिए । यस्तै, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेत, रौतहटमा वीरबहादुर बुढा मगर, बारामा होबिन्द्र बोगटी, डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ ।
त्यस्तै, भक्तपुरमा कार्यरत शिवकुमार श्रेष्ठलाई अख्तियारमा सरुवा गरिएको छ । कार्य विभागमा कार्यरत अनुपम शम्शेर जबरा इन्टरपोल शाखामा सरुवा भएका छन् । सिआइबीमा कार्यरत विश्व अधिकारी युएन शाखामा सरुवा भएका छन् । युएन शाखाबाट गंगा पन्तलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

- ADVERTISEMENT -