चितवन / वन र सार्वजनिक मुद्धामा फरार पांँचजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वन मुद्धाका माडीका नगरपालिका वडा नम्बर ९ का माटोकोरे कान्छा भनिने मिनबहादुर सिंतान, वडा नम्बर १ का सुमन बोटे र सन्ते भनिने सन्तबहादुर भुजेल रहेको चितवन प्रहरीले जनाएको छ ।
चितवन जिल्ला अदालतले सिंतानलाई ६ महिना कैद र १० हजार कैद, बोटेलाई २ हजार ४५० रुपैंया र भुजेललाई तीनहजार रुपैंया जरिवाना फैसला गरेको थियो । यस्तै सार्वजनिक मुद्धामा फरार रहेका प्रतिवादी माडी नगरपालिका वडा नम्बर १ का संजय महत्तो र सोही ठाउंँका अग्निदेव महत्तो पक्राउ परेका छन् ।
अदालतले संजय र अग्निदेवलाई २ हजार ४२५ जरिवाना फैसला तोकेको थियो । उनीहरु पांँचैजनालाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि चितवन जिल्ला अदालत उपस्थित गराइएको चितवन प्रहरीले जनाएको छ ।
विभिन्न मुद्धाका फरार पांँच जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
