२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेवा पत्रकार राष्ट्रिय दबुमा जोशीको नेतृत्व

प्रकाशित मिति : २०७९ श्रावण १५ गते

चितवन / नेवा पत्रकार राष्ट्रिय दबू चितवन शाखाको अध्यक्षमा अनुज जोशी सर्वसम्मत चयन भएका छन् । दबुको शनिबार सम्पन्न छैठौ साधरण सभा तथा तेस्रो अधिवेसनबाट जोशीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
यस्तै अधिवेशनबाट दबुको उपाध्यक्षमा सृजना ताम्राकार, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा विनिता श्रेष्ठ, कोषाध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, उमेश श्रेष्ठ, मनिषा श्रेष्ठ र निरुता श्रेष्ठ रहेका छन् ।
नव निर्वाचित अध्यक्ष जोशीले आफ्नो नेतृत्वमा दबुलाई अझै उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘संस्था चलाउन चुनौती छन् यद्यपी हामी सबै पदाधिकारी र कार्यसमिति काँधमा काँध मिलाएर अगाडि बढ्नेछौ ।’
त्यस्तैगरी अधिवेशनले जिल्लाबाट प्रदेश पार्षद्का लागि ६ जना र संघीय पार्षदका लागि ४ जना मनोनित गरिएको छ ।
यस्तै दबुको नयाँ नेतृत्वले निवर्तमान अध्यक्ष कमलमान श्रेष्ठलाई सफल कार्यकाल सम्पन्न गरेको भन्दै सम्मान पनि गरेका थिए ।
कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनकी महिला उपाध्यक्ष प्रमिता ढकाल, फोनिजका अध्यक्ष रमेश रानामगर, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, गुरुङ संचारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरुङ, थारु पत्रकार संघ चितवनका अध्यक्ष दिपेश चौधरी, मगर पत्रकार संघ चितवनका उपाध्यक्ष आशिका मगरलगायतले मन्तव्य राखेका थिए ।
चिकित्सक र पत्रकार सम्मानित
नेवा पत्रकार राष्ट्रिय दबू चितवन शाखाको छैठौ साधरण सभा तथा तेस्रो अधिवेसनबाट चिकित्सक र पत्रकारलाई सम्मान गरिएको छ ।
दबुले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रा.डा अर्जुन श्रेष्ठ,वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. बरुण श्रेष्ठ, वरिष्ठ क्यान्सर सर्जन प्रा.ड भक्तमान श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपिक डा. सुर्यज्योती श्रेष्ठलाई सम्मानपत्र हस्तान्न्त्रण गर्दै सम्मान गरिएकोहो ।
यस्तै पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिएको भन्दै तीनजना पत्रकारलाई पनि सम्मान गरिएको छ ।
नेवा पत्रकार राष्ट्रिय दबु चितवनका संस्थापक अध्यक्ष अमर प्रधान, पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठ, वरिष्ठ स्वास्थ्य पत्रकार एवम् नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39