चितवन / भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको पाइएको छ । उपचारका लागि आएका बिरामी मध्ये १५ देखि २० प्रतिशत बिरामी भाइरल ज्वरोको रहेको अस्पताल विकास समितिका अध्यक्ष एवम् फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिए ।
डा. अधिकारीका अनुसार अस्पतालको बहिरंग विभागमा र भर्नामा आउने बिरामीको संख्या बढेको हो । ‘मौसममा आएको परिवर्तनका कारण बिरामीको संख्यामा बृद्धि आएको छ ।’ उनले भने, ‘सामान्य ज्वरो, रुघा, खोकी देखिएर आउने बिरामीको संख्या बढी रहेको छ ।’
अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले कोभिडको जस्तो लक्षण देखिएका बिरामीको संख्या बृद्धि भएको बताए । ‘इन्फुलुन्जा हो की कोभिड अन्योलमा छौ । यसको परीक्षण आबश्यक देखिन्छ ।’ उनले भने, ‘वर्षातका कारण पानी दुषित हुँदा बिरामीको चाप बढेको हो ।’
भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये दैनिक २ सय जना भाइरल ज्वरो, खोकी र रुघाको रहेको उनी बताउँछन् । चिकित्सकहरुले ज्वरोका बिरामी बढ्दै गएपछि डेंगु, कोरोना, स्क्रफटाइपस लगायतका रोगको परीक्षण समेत गर्ने गरेको जनाएको छ ।
बिरामीहरु मध्ये डेंगु, कोरोनाका बिरामी भेटिएकाले उच्च सावधानी अपनाउन डा. पौडेलले आग्रह समेत गरेको छ । ‘अहिले बिरामीको संख्या बढ्दै गएको छ । तर कुन इन्फुलुन्जा हो भन्ने भन्न सकिने अवस्था छैन ।’ उनले भने, ‘अहिलेको समयमा भाइरल ज्वरोबाट बच्नका लागि चिसो खानेकुरा नखाने, रुघा, खोकी लागेका बिरामीको आडमा नजाने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, साबुन पानीले नियमित हात धुने, पानी तताएर मात्रै खाने, लामखुटे्टेको टोकाईबाट बच्ने गर्नुपर्छ ।’
पछिल्लो समय आएका बिरामीमा निमोनिया र जन्डीसको समस्या समेत देखिने गरेको उनले बताए । सामान्य रुपमा ज्वरो, रुघा, खोकी भएमा चिकित्सकको सल्लाहमा औषधि अनुसार सेवन गर्न उनको सुझाव थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भाईरल ज्वरोका बिरामी बढ्दै, सावधानी अपनाउन सुझाव

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













