चितवन / जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले एक वर्षको अवधिमा ३३ हजार ७३८ सवारीसाधन कारवाहीमा परेको जनाएको छ ।
ट्राफिक कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा ती सवारीसाधन वापत जरीवाना स्वरुप ३ करोड ८ लाख ५४ हजार पांँचसय राजश्व संकलन भएको छ ।
सडकमा गुड्ने ट्रक ट्रिपर, बस, माईक्रोबस, जीप कार, ट्याक्टर, मोटरसाइकल, टेम्पो तथा अन्य सवारी साधनबाट हुने कारवाहीबाट ट्राफिक कार्यालयले जरिवाना असुल्दै आएको छ ।
जिल्लामा सबैभन्दा बढी राजश्व संकलन मोटरसाइकल, ट्याक्टरबाट लिइएको छ भने बढी ट्राफिक कारवाही मोटरसाइकल पर्ने गरेको बताइएको छ ।
कार्यालयले एक वर्षमा ९ हजार २५१ वटा मोटरसाइकलबाट ७८ लाख ५४ हजार पांंँचसय रुपैयांँ राजश्व संकलन गरेको छ भने १ हजार ५७२ वटा ट्याक्टर कारवाहीबाट १५ लाख ६८ हजार पांँचसय संकलन गरेको छ ।
यसैगरी ६ हजार २३८ वटा ट्रक÷टिपर कारवाहीबाट ६८ लाख २४ हजार रुपैंया, ७ हजार ७२२ वटा जीप÷ कार कारवाहीबाट ७० लाख ९४ हजार पांँचसय,४ हजार ५७ वटा बस÷माइक्रो कारवाहीबाट ३७ लाख ८५ हजार र ४ हजार ८८८ वटा टेम्पो र अन्य सवारीसाधन कारवाहीबाट ३७ लाख २८ हजार रुपैंया संकलन भएको छ ।
कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले सवारीसाधनको संख्या बढेसंँगै ट्राफिक उल्लंघन घटनामा पनि बृद्धि हुने बताए । उनका अनुसार जिल्लाका सडकमा चल्ने सवारीसाधन मध्ये दुईचक्के सवारीसाधनको संख्या बढी भएको र उल्लंघनका घटना पनि सोही प्रकृतिका सवारीसाधनबाट भएकोले औसत रुपमा अन्य सवारीसाधन भन्दा मोटरसाइकलको कारवाही संख्या संँगै राजश्व पनि बढेको हो ।
ट्रयाक्टरको संख्या कम रहेको र बिशेषगरी ग्रामीण इलाकामा कृषि कर्म र ढुवानीमा प्रयोग हुने भएकोले कारवाहीसंँगै राजश्व कम भएको उनको भनाइ छ । ‘कतिपय जरिवाना गल्ती र सवारीसाधनको प्रकृति अनुसार पनि हुन्छ ।’ उनले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एक वर्षमा ३३ हजार बढी सवारीसाधन कारबाहीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













