चितवन / नेपाल आदिवासी जनजाती महासंघ चितवन (नेफिन) ले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाउने भएको छ । विविध कार्यक्रम गरेर मनाइने उक्त कार्यक्रमको महासंघले आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
उक्त कार्यक्रम बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्ने भएको छ । कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भाषा र लोकभाकामा बनेका गीतहरु प्रस्तुत गरिने जानकारी दिइएको छ । यस्तै साँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिने बताइएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष महेन्द्र दुराका अनुसार आदिवासी जनजातिहरुले आ–आफ्नो सँस्कृति झल्किने पोषाकमा झाँकी तथा नाच प्रस्तुत गरिने छ । आदिवासी जनजातिहरुको धार्मिक पहिचान स्थापित गर्न, राज्यका हरेक निकायमा समानुपातिक समावेसीको सिद्धान्तको आधारमा सम्मानजनक सहभागितालगायतका मुद्धालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बहस गर्ने अवसरको रुपमा दिवस मनाउने गरिएको उनले बताए ।
‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा, धर्म र सँस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण’ भन्ने मूल नाराका साथ २४ गते अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाईँदैछ ।
कार्यक्रम साउन २४ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहल हुने बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा २८ औं विश्व आदिवासी दिवस मनाइने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -














