चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले दुई जना पत्रकारलाई सम्मान गरेको छ । फोनिजले २३ औं स्थापना दिवसको अवसर पारेर संस्थाका निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठ र कालिका एफएमका संचारकर्मी आशिका थापामगरलाई शुक्रबार सम्मान गरेको हो ।
श्रेष्ठलाई संस्थाको निवर्तमान र संस्थाप्रति पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ भने थापालाई विगत दुई दशक लामो समयदेखि संचार क्षेत्रमा रहेर कर्म गरी समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसाा गर्दै सम्मानित गरिएको हो ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दानबहादुर गुरुङ र फोनिजका अध्यक्ष रमेश मगरले संयुक्त रुपमा सम्मान गरेका हुन् । सो सम्मान नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को सभाहलमा गरिएको थियो ।
फोनिजको २३ औं स्थापना दिवसमा दुई पत्रकार सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
