चितवन / भरतपुर महानगरपालिका १, क्याम्पाचौर नजिकै रहेको नारायणी कला मन्दिरले भोलि (शुक्रबार) कृष्णजन्माष्टमीका दिन ‘रोपाई जात्रा’ प्रदर्शन गर्ने भएको छ । रोपाई जात्राका कार्यक्रम संयोजक तथा कला मन्दिरका सचिव सनदकुमार पियाले संस्कृति संरक्षणका लागि रोपाई जात्रा प्रदर्शन लागिएको बुधबार प्रेस सम्मेलन मार्फत जानकारी दिए ।
कार्यक्रम संयोजक पियाका अनुसार भोलि दिउँसो ३ बजे रोपाई जात्रा प्रदर्शन गरिने छ । समाजमा छरिएर रहेका संस्कृति संरक्षण, संम्बद्र्धन र प्रवद्र्धनका लागि रोपाइ जात्रा प्रदर्शन गर्न लागिएको उनको भनाइ छ ।
कला मन्दिरका अध्यक्ष सुविर श्रेष्ठले सामाजिक, सहिष्णुता र मातृत्वभाव बढाउन रोपाइ जात्रा प्रदर्शन गर्न लागिएको बताए । श्रेष्ठले पञ्चेबाजा सहितको धुनमा रोपाईको अभिनय गर्दै बजार परिक्रम गरिने बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार कला मन्दिरबाट सुरु गरिने जात्रा बालकुमारी स्कुलचोक, प्रगतिपथ, गणेशचोक, क्षयरोगचोक, पोखराबसपार्क, दियालो रोड, मेनरोड, लिलाचोक, हरिहर मन्दिर चोक, पुतली बजारचोक, पुलचोक, शहिदचोक हुदै कलामिन्दरमा आएर समापन हुनेछ ।
नारायणगढ बजारको मुख्य तथा भित्री सबै सडकखण्डमा जात्रा निस्कने बताइएको छ । जात्राको दिन बिहान ‘हो पाँचो हो’ भन्दै रोपाई जात्रामा सहभागी हुन आव्हान गरिने उनले भने ।
उनले रोपाई जात्रामा सजिएर आएका १२ वर्ष मुनि र माथि दुई उमेर समूहबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कारको व्यवस्था रहेको बताए ।
यस्तै कलामन्दिरका पूर्वअध्यक्ष प्रभातकुमार जोशीले सुरुमा समुदायले सुरुवात गरे पनि पछिल्ला वर्षमा सामूहिक उत्सवका रुपमा रुपान्तरण भएको बताए ।
पूर्वअध्यक्ष अमर प्रधानले रोपाई जात्रा सबै समुदायको साझा कार्यक्रम बनेको जिकिर गर्नुभयो । कला मन्दिरले २०५४ सालदेखि निरन्तर रोपाई जात्रा प्रदर्शन गर्दै आएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि ‘रोपाई जात्रा’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













