२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

राप्ती नदीमा विद्यार्थी सवार डुंगा दुर्घटना

प्रकाशित मिति : २०७९ भाद्र २ गते
- ADVERTISEMENT -

दाङ / दाङमा राप्ती नदी तरिरहेको विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । दुर्घटनामा परेर विद्यार्थीहरू घाइतेसमेत भएका छन् । ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
प्रहरीका अनुसार, लमही नगरपालिका–९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७ मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीहरू सवार डुंगा दुर्घटनामा परेको हो । दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको जानकारी दिए ।

- ADVERTISEMENT -