२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पत्रकार सिंखडालाई आक्रमण गर्नेहरू फरार, खोजी कार्य जारी

प्रकाशित मिति : २०७९ भाद्र ४ गते
Photo : Halkaro

चितवन / चितवनका पत्रकार शिशिर सिंखडालाई आक्रमण गर्नेहरू चार दिन (बुधबार)देखि फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रबक्ता नरहरी अधिकारीले पत्रकार सिंखडालाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी रहेको बताएका छन् ।
पत्रकार सिंखडामाथि दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल बजारबाट फर्कदै गरेको समयमा उनलाई दिपक लामिछाने लगायत चार जनाको समूहले आक्रमण गरेको हो । लामिछाने कालिका नगरपालिकाका निवर्तमान मेयर खुमनारायण श्रेष्ठका स्वकीय सचीव (पिए) हुन् भने नेकपा (एमाले) कालिका नगर कमिटीका उपाध्यक्ष समेत रहेका छन् ।
गत मंगलबार ‘कालिका नगरपालिकाका निवर्तमान मेयर श्रेष्ठ र पिए लामिछाने विरुद्ध २५ करोड भन्दा बढी भ्रष्टाचार गरेको भन्दै पुनः अख्तियारमा उजुरी’ शिर्षकमा विभिन्न दर्जनभन्दा बढी सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए ।
घटनामा संलग्न रहेका चार जना विरुद्ध पत्रकार सिंखडाले बुधबार नै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी मुद्दा दायर गरेका छन् । नेपाल पत्रकार महासंघ चितवन लगायत पत्रकार सम्बद्ध संघ संगठनको रोहवरमा पत्रकार सिंखडाले लामिछानेसहित उनका भाई दिलिप लामिछाने र भान्जाहरु समिर सापकोटा तथा निकेश नेपाल विरुद्ध किटानी मुद्दा दायर गरेका हुन् ।
चितवनका पत्रकार शिशिर सिंखडामाथि भएको आक्रमणको पत्रकार सम्बद्ध संघ संगठनहरुले उक्त घटनाको निन्दा र भत्सना गरेका छन् । दोषीलाई तत्काल पक्राउ गरि कारवाहीको लागि जोडदार माग समेत गरिएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सचिव गोविन्दप्रसाद चौलागाई तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भत्सना गरेका छन् ।
सो आक्रमणको बिरोध गर्दै पुर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा, राप्ती पत्रकार मञ्चका अध्यक्ष राजनदिल गुरुङ, पश्चिम चितवन पत्रकार मञ्चका सचीव हेमराज रिमाल लगायत दर्जन भन्दा बढी पत्रकार सम्बद्ध संघ संगठनले दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारवाहीको सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97