बारा / प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका–५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पँलेटी कसेर पढ्न बाध्य छन् । झन् ‘दैलो सरकार’ (स्थानिय सरकार)ले पनि यस्तो समस्या बेवास्ता गर्दा तत्काल सुधार हुने छाँटकाँट देखिँदैन ।
बाराको आदर्श कोटवाल गाउँपालिका–५ मा रहेको यस आधारभुत विद्यालयको अवस्था निकै नाजुक छ । पटक पटक स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे पनि प्रथामिकतामा नपरेको स्थानीयको भनाइ छ । तीन वर्षअघि गाँउपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । यही कारण बालबालिकाहरू जिर्ण विद्यालय भवनको चौर, बरन्डाको चिसो भुइँमा बसेर पढ्न वाध्य छन् । यसरी पढ्दा बालबालिकाको स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक सारदा सिंहले गुनासो गरिन् । १ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् ।
विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ । विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ । हुने, खाने र सम्पन्न परिवारका बालबालिका सहरी क्षेत्रका र निजी विद्यालयमा पढाउने गरेकाले स्थानीय हुने खाने परिवारको नजरमा समेत यो विद्यालय परेको छैन् ।सोही कारण विद्यालयमा अहिले शैक्षिक गुणस्तर पनि खस्किरहेको पूर्व विद्यार्थीहरुको अनुभव छ ।
विद्यालयको अवस्था हेर्दा कतै पनि अध्ययन, अध्यापनको वातावरणनै देखिँदैन् । चाँडै नयाँ भवन निर्माण सम्पन्न गर्न अघिल्लो सरकारका जनप्रतिनिधिलाई भने पनि ध्यान नदिएकाले आदर्श कोटवाल गाउँपालिका–५ का हालका वडा अध्यक्ष रुपेश नारायण सिंह बताउँछन् । विद्यालयमा अहिले जम्मा चार वटा कोठा छ । प्रशासनिक भवन अर्को भवनमा छ जसमा एउटा कोठामा निर्माण सामाग्री राखिएका छन् । सोही कोठामा विद्यालयको अफिस पनि छ । गाउँपालिकाले विद्यालय सुधारमा चासो नदिएपछि विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ ।
आदर्श कोटवाल गाँउपालिका प्रमुख जवाहरप्रसाद साहले चाडै नै पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने र अब बालबालिका चिसो भुइँमा बसेर पढ्ने समस्या चाडै समाधान निकाल्ने बताए । धेरै सामुदायिक विद्यालयको अवस्था देखेर नाक खुम्चाउनुपर्ने अवस्था सृजना भएको छ । आदर्श कोटवाल गाँउपालिकामा रहेको यस आधारभुत विद्यालयको नयाँ भवन कहिले बन्छ र विद्यार्थीले चिसो भुँइमा बसेर पढ्नु पर्ने बाध्यता अन्त्य कहिले हुन्छ भनेर प्रतीक्षा गरिरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बाराका चार सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












