विराटनगर / विराटनगरमा निकालिएको धार्मिक एवं ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा अत्यधिक भीडभाडको मौका छोपेर अवाञ्छित गतिविधि गर्ने ५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रथयात्रा जारी रहेका बेला अवाञ्छित एवं शंकास्पद गतिविधिमा संलग्नलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरु सबै पुरुष हुन् । अधिकांश ३० वर्षसम्मको उमेर समूहका छन् ।
एसपी कोइरालाका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला एवं हुलहुज्जत गर्ने, झैझगडा र मोबाइल तथा सिक्री चोरीमा संलग्नलाई नियन्त्रणमा लिइएको हो। पक्राउ गरिएकामध्ये केहीको साथबाट चोरिएका सुनका सिक्री र मोबाइलसमेत फेला परेको उनले बताए। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रथयात्राका क्रममा सिक्री चोरी भएको भनेर चारवटा उजुरी प्रहरीमा परेको छ । सातवटा मोबाइल चोरी भएको उजुरी पनि परेको छ। सामान चोरी हुनेको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ ।
विराटनगरमा शनिबार ५४ औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको थियो । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे भव्य रथयात्रा निकालिएको हो। रथलाई विराटनगर परिक्रमा गराउँदै राति ८ः३० बजेतिर रथयात्रा समापन गरिएको थियो। प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा रथयात्रा निकाल्ने चलन छ ।
यसपटक परिवर्तित रुटसहित निस्किएको रथयात्राले विराटनगरको मेनरोडबाट रोडशेष, कोसी लोकमार्ग हुँदै मन्दिरसम्मको ९ किलोमिटर दूरी तय गरेको थियो। तीनपैनीबाट सुरु भएको रथयात्रालाई शंकरपुर मोड, गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, शनिमन्दिर र मुनालपथबाट बरगाछी हुँदै पुनः तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा पु¥याएर विर्सजन गरिएको हो ।
राधाकृष्णको युगल जोडीलाई पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथमा राखेर नगर परिक्रमा गराइएको थियो । रथ तान्नका लागि रथको अगाडि दायाँ र बायाँ ५०–५० फिट लामो लट्ठाको व्यवस्था गरिएको थियो। २३ ठाउँमा विश्रामस्थलको प्रवन्ध गरेर रथयात्रा समापन गरिएको हो ।
नेपालसहित भारतबाट समेत रथयात्रामा सहभागी हुन भक्तजन आएका थिए। रथयात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । (यो समाचार अन्नपूर्णपोष्टमा किशोर बुढाथोकीले लेखेका छन् ।)
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भीडभाडमा अवाञ्छित गतिविधि गर्ने ५९ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













