२०८२ असार २५, बुधबार
July 9, 2025
२०८२ असार २५, बुधबार
July 9, 2025 Wednesday

नारायणी नदी पुलबाट हामफालेका २६ वर्षीया महिला वेपत्ता

प्रकाशित मिति : २०७९ भाद्र ७ गते
File photo.

चितवन / नारायणी नदीको पुलबाट हाम फालेर एक महिला वेपत्ता भएकी छिन । खैरहनी नगरपालिका वडा नम्बर ७ सुर्तनीकी २६ बर्षीया रिचा उप्रेती भरतपुर महानगरपालिका वडा नम्बर ३ पुलचोक स्थित नारायणी पुलबाट नदीमा वेपत्ता भएकी हुन् ।
आज दिउसो पौने ३ बजे उनी हामफालेको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय ,नारायणगढको विपद उद्धार सहितको टोलीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -