२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माडीले विकासमा फड्को मार्दै, पाँच वर्षमा अर्ब बढीका योजना

प्रकाशित मिति : २०७९ भाद्र ८ गते

चितवन / चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अर्ब बढीका केन्द्रीय योजना परेका छन् । जसका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । नागरिकका अपेक्षा धेरै रहँदा पूर्ण प्राप्ती भई नसकेपनि विकासले भने गति लिंदै गएको छ ।
सो क्षेत्रबाट पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएसँगै केन्द्रीय पहुँचका कारण ठूलो बजेट यहाँ आउन सफल भएको हो । माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार पहुँचकै कारण धेरै काम गर्न सकिएको छ ।
उहाँले भन्नुभयो “माथि अध्यक्ष भएकै कारण म यहाँ उफ्रिन पाएँ र विकासले फड्को मा¥यो ।” ठाकुरको भनाईमा माडीमा विद्युतीकरणका लागि दाहाल निर्वाचित भएसँगै रु.१८ करोड बजेट विनियोजन भयो । निर्वाचन अघिसम्म २७ प्रतिशत नागरिकले विद्युतको उपभोग गरेकोमा अहिले अधिकांश माडी विद्युतीकरण भएको छ । पहिले मुख्य सडकका क्षेत्रमा मात्रै विद्युतीकरण थियो ।
माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएन । सिटिईभिटीबाट मान्यता प्राप्त हुने गरी दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीमा स्थापना भयो । ढकालले दाहालकै पहलमा रु.१० करोड बजेटसहित शिक्षालय स्थापना भएको बताउनुहुन्छ ।
जहाँ अहिले विद्यार्थीहरुले कृषि, स्वास्थ्य, इञ्जिनियरिङ विषयका पढाई हुँदै आएको छ । बि.सं. २०७४ साउन २७, २८ र २९ गते आएको बाढीले मगुई, पसरे, चन्द्रे, बाँदरमुढे र चितई खोलाले कटान गरेको थियो । ती खोला तटबन्धनका लागि संघीय सरकारमार्फत् रु.७ करोड विनियोजन भयो । जसले गर्दा माडी नगरपालिका वडा नं. ४, ५, ६ र ७ वडाका वासिन्दा लाभान्वित भएका छन् ।
माडीको परुईदेखि रिउ खोलासम्मको हुलाकी सडक निर्माणका लागि रु. ५२ करोड विनियोजन भई काम अघि बढेको छ । ढकालका अनुसार ७.८ किलोमिटर लम्बाई र ७.५ मिटर चौडाईको उच्चस्तरको सडक बनाईदै छ । सो सडकको ड्रेन र कल्भर्टको काम अन्तिम चरणमा पुगेको छ ।
दाहालकै पहलमा काम भएको ढकाल बताउनुहुन्छ । बि.सं. २०७४ को बाढीले बगाएका चितई, रतनी र भालुखोलाको पुल अन्तिम चरणमा पुगेका छन् । रतनी खोलाको पुल आजै उद्घाटन हुँदैछ भने चितई र भालुखोलाको थोरै काम मात्रै बाँकी छ ।
गत आर्थिक वर्षमा मरोठ, चितई, मगुई, परुई, रम्टा खोला नियन्त्रणका लागि रु.२० करोडको बोलपत्र आव्हान भई काम अघि बढाईएको छ । ढकालका अनुसार टम्टा खोला नियन्त्रणको कामको शिलन्यास आजै गरिंदै छ । गएको वर्षकै बजेटमा विनियोजित निर्वाचन क्षेत्र विकास सडक शीर्षकबाट रु.२५ करोड विनियोजन भई बरुवा–भैरवपुर–चिरौली–शितलपुर हुँदै गगटे खोलासम्मको १० किलोमिटर सडक कालोपत्रे गरिंदै छ ।
यसको शिलन्यास पनि आजै बरुवा बजारमा हुँदैछ । यसबाट माडीका भित्री सडक आसपास बस्ने वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । माडीलाई शहरउन्मुख नगरमा घोषणा गराएर गत आर्थिक वर्षमा १४ किलोमिटर सडक, बाँदरमुढे शान्ति पार्क र २ नम्बर वडामा शहीद पार्क निर्माणका लागि बोलपत्र आव्हान भईसकेको छ ।
ढकालका अनुसार रु.२० करोड बजेट यी आयोजनाका लागि विनियोजन भएको थियो । जनता आवास कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा स्थानीयले घर पाएका छन् भने भूमिहिनहरुले लालपूर्जा पाउने क्रम शुरु भएको छ । दाहालकै पहलमा हुलाकी सडकमा पर्ने खोलाहरुमा सबै पुल निर्माणको क्रममा रहेका छन् । कतिपय सम्पन्न भईसकेका हुन् ।
दाहाल निर्वाचित हुनु अघि कतिपय पुलको काम थालिएको भए पनि पछिल्लो समय भएको पहलका कारण काम छिटो भएको हो । निवर्तमान प्रमुख ढकालले ठोरीदेखि बगईसम्मको निकुञ्जभित्रको सडक कालोपत्रे, वनकट्टादेखि ध्रुवसम्मको सडक कालोपत्रे र पुलहरुका लागि यो वर्षको बजेटमा विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरिएको छ ।
यी सडक र पुल बन्न रु.२ अर्बभन्दा बढी लागत लाग्ने ढकालको अनुमान छ । यससँगै माडीका वासिन्दा प्रत्यक्ष लाभान्वित हुने उहाँ बताउनुहुन्छ । यसको प्रत्यक्ष लाभ ठोरीसम्मका जनताले पनि पाउने उहाँको भनाई छ ।
यस्तै माडी वडा नं. ७ मा कालोपत्रे गर्न रु.२ करोड, बाँदरझुला विद्युतीकरणका लागि रु.२ करोड ८५ लाख, माडीमा कृषि विद्युतीकरणका लागि रु.२ करोड ४३ लाख, बघौडा अस्पतालका लागि रु.२ करोड, दिवाकर स्मृति माविका लागि रु. १ करोड ५० लाख, जकल्याण माविका लागि रु. १ करोड संघीय सरकारबाट बजेट प्राप्त भएको छ ।
चालु आर्थिक वर्षमा माडीका विभिन्न आयोजनाका लागि सघन शहरी विकास तथा भवन निर्माण आयोजना मार्फत् रु. २० करोड बजेट विनियोजन भएको छ । यस्तै विभिन्न खोलाको तटबन्धनका लागि रु.२० करोड विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।
यसै वर्ष पाँच वटा डिप बोरिङ र १८ वटा स्यालो ट्यूवेल पनि माडीमा बन्दैछन् । यसका अतिरिक्त विभिन्न विकासका आयोजनाहरु माडीमा अघि बढेका हुन् । दाहालले सोझै मन्त्रालयहरुमा माडीका आवश्यक आयोजनाहरुलाई सम्बोधन गर्न आाग्रह गरेसँगै आयोजनाले मूर्त रुप लिएका हुन् । स्थानीय तहमा आवश्यकताहरुको छलफल गरी अनुरोध गरेसँगै बजेट निकासा गराउन सफल भएको ढकालको भनाई छ ।
माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले यस वर्ष माडीमा धेरै संघीय बजेट परेको भन्दै कार्यान्वयन गर्न सकिएमा माडीको विकासले फड्को मार्ने बताउनुभयो । विगतमा भएका विकास निर्माणका काम ठेकेदार कम्पनीहरुले समयमा नगरिदिंदा समस्या भएको उहाँको भनाई छ ।
स्थानीय तहमा कम बजेट हुने हुँदा विकासका काम थोरै मात्र हुने गर्दछन् । संघीय बजेट धेरै आएसँगै माडीलाई सुन्दर नगरी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । माडीमा ३५ हजार जनसंख्या रहेको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97