२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कक्षा ११ का २७४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान

प्रकाशित मिति : २०७९ भाद्र ९ गते

चितवन / भरतपुर महानगरले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । २ सय ७४ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिमा छनौट गरेको हो ।
भरतपुर महानगरका मेयर रेनु दाहालले मनखुशी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति नियन्त्रण गर्न सफल भएको बताउनुभयो । विद्यार्थीको क्षमता र योग्यताका आधारमा पारदर्शी रुपमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।
आज (बिहीबार) औपचारिक कार्यक्रम गरि छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीलाई सिफारिस पत्र वितरण गरिएको छ । मेयर दाहालले गरिबी तथा विपन्नकै कारण शिक्षाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था हटाउन महानगर लागेको बताउनुभयो । अल्पसंख्यक, सिमान्तकृत समुदायका लागि, उच्च शिक्षाका लागि समेत छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।
“भरतपुरबाट दक्ष जनशक्ति तयार गर्न शिक्षामा लगानी बढाएका छौँ”, उहाँले भन्नुभयो, “जहेन्दार विद्यार्थीलाई पढाईमा प्रोत्साहन गर्ने नीति लिएका छौँ ।” शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालका अनुसार ३१ वटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ ।
छात्रवृत्ति पाएकाहरुमध्ये विज्ञानतर्फ १ सय ६३ जना छन् भने १ सय ११ जना अन्य विषय पढ्नेहरु छन् । महानगरले बनाएको छात्रवृत्ति वितरण कार्यविधि अनुसार विद्यार्थी छनौट गरिएको हो । जेहेन्दारतर्फ १ सय १५ जना, गरिब तथा विपन्नतर्फ ९९ जना, आदिवासी जनजातितर्फ २७ जना, दलित तफए १७ जना, अपाङता भएका ७ जना, जनआन्दोलनका घाइतेका सन्ततीतर्फ ५ जना, शहिदका सन्ततीतर्फ ३ जनाले छात्रवृत्ति पाएका छन् ।
एसईई सामुदायिक विद्यालयबाट दिएका १ सय ४९ जना र संस्थागत विद्यालयका १ सय २५ जना छनौटमा परेका छन् । अरोमा इंग्लिस सकेण्डरी स्कुलमा ५० जना, अर्किड सकेण्डरीका ३० जना, बाल्मिकी शिक्षा सदनमा २७ जना, सप्तगण्डकी क्याम्पसमा २० जना, बालकुमारी कलेजका ९ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क पढ्न पाउनेछन् ।
महानगर सामाजिक विकास समितिका संयोजक तथा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले संस्थागत विद्यालयले कम्तिमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनैपर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो । उहाँका अनुसार कक्षा ११ मा अध्ययनरत कुल विद्यार्थीको ५ प्रतिशत विद्यार्थीलाई महानगरबाट सिफारिस भएका आधारमा छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । अन्य ५ प्रतिशतलाई विद्यालय छात्रवृत्ति वितरण समितिको निर्णयअनुसार हुने व्यवस्था छ ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले स्मार्ट महानगरलाई सघाउन विद्यार्थी छात्रवृत्ति कार्यक्रमले टेवा पु¥याउने बताउनुभयो । अरोमा इंग्लिस स्कुलका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले कार्यविधिका आधारमा मेरिट लिष्टका आधारमा विद्यार्थी छनौट गर्दा लक्षित वर्ग लाभान्वित भएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45