काठमाडौँ / पाल्पाको माथागढी गाउँपालिका वडा नम्वर ४ नेटामा १४ वर्षीय छोराले ४५ वर्षीय बुबाको हत्या गरेका हुन् ।
पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले बाबु तिलबहादुर दिसाको टाउकोमा चिर्पट दाउराले हानेर हत्या गरेका हुन् । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रवक्ता थापाले बताए ।
दाउराको चिर्पटले हानेर छोराद्वारा बाबुको हत्या

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
