चितवन / तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले भरतपुरमा तमू संग्रहालय भवनको उद्घाटन गरेको छ । सो परिषद् गुरूङ समुदायको साझा संस्था हो । संग्रहालय भवनको गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले उद्घाटन गरेका हुन् ।
संस्था स्थापना भएको लामो समयपछि चितवन जिल्लाका गुरूङ समुदायको सांस्कृतिक पहिचान झल्किने खालको सामग्री राखेर निर्माण गरिएको संग्रहालय भवनको उद्घाटन गरिएको हो । निर्माणकर्ता तमू ह्युल छोँज धीँ चितवनका अध्यक्ष गणेशबहादुर गुरूङका अनुसार निर्माण थालेको १५ वर्षपछि संग्रहालय भवनको उद्घाटन गर्न सफल भएको हो ।
संग्रहालयमा गुरूङ जातिले प्रयोग गर्ने विभिन्न खालका भाँडावर्तन तथा औजारहरूका साथै भेषभूषालाई सजाएर राखिएको छ । पछिल्लो समय भित्रिएको आधुनिकतासँगै ती मौलिक परम्परागत वस्तुहरूको प्रयोग र प्रचलन हराउँदै गएपछि लोप हुने अवस्थामा आइपुगेको हुँदा त्यसको संरक्षणको लागि पनि संग्रहालय आवश्यक परेको अध्यक्ष गुरूङले बताए ।
‘भावी पुस्तालाई जानकारी गराउनको लागि पनि संरक्षणको आवश्यकता परेको हो,’ उनले भने, ‘हामीले पनि संरक्षण नगरिदिए हाम्रा आगामी पुस्ताले इतिहास कसरी जान्न सक्छ र ?’ संग्रहालयको निर्माण र स्थापनाबारे जानकारी गराउँदै अध्यक्ष गुरूङले चितवनमा गुरूङ समुदायको बसोबास र इतिहासबारे पनि जानकारी गराएका थिए ।
‘चितवन जिल्लामा २०२१ सालमा गुरूङ सुधार समाज गठन भएको इतिहास छ,’ उनले भने, ‘तर, कानुनीरूपमा वैधानिकता भने २०५० सालपछि मात्रै भएको पाइन्छ ।’ अहिले चितवन जिल्लामा गुरूङ समुदायको लागि संगठित भएका संस्थाहरू धेरै नै भइसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै ह्युल छोँज धीँका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङले ४६ हजार गुरूङको जातीय पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्छ भन्ने विषयमा गण्डकी प्रदेश नामाकरण गरेर सत्तामा रहेकाहरूले बलमिच्याइँ गरेको आरोप लगाए ।
गुरूङ समुदायबाटै पृथ्वीसुब्बा गुरूङ मुख्यमन्त्री भएको बेला पनि तमूहरूले पहिचानसहितको प्रदेश नपाएको उनले गुनासो गरे । हालको गण्डकी प्रदेशमा गुरूङ भाषा र लिपिलाई अध्ययनलाई विद्यालयस्तरबाटै समेटेर लैजानुपर्ने बेला आएको बताए । ‘प्रदेश प्रमुखज्युलाई म आग्रह गर्दछु, यी सब कुरा तपाइँ सरकारमा छँदा नै लागू गर्नुहोस्,’ उनले प्रदेश प्रमुखलाई आग्रह गरे। साथै भारतको सिक्किममा हुन लागेको अन्तर्राष्ट्रिय तमू सम्मेलनको विषयमा समेत जानकारी गराएका थिए। सोही अवसरमा संस्थालाई महत्वपूर्ण योगदान दिएको भन्दै १५ जना सामाजिक व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो ।
साथै तमू संग्रहालय भवन निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरेको थियो। तमू स्मारिका लोकार्पण तमू ह्युल छोँज धीँ चितवनले पहिलोपटक स्मारिका प्रकाशन गरेको छ । गुरूङ समुदायको पहिचान झल्किने लेख रचनाहरू समावेश छन् । साथै तमू विद्यार्थी छोँज धीँ चितवनले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा तमू संग्रहालय उद्घाटन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












