२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

राज्यमन्त्री सन्त प्रजाको निर्देशन – ‘योजना कार्यान्वयनमा ढिलाई नगर्नू’

प्रकाशित मिति : २०७९ भाद्र १३ गते
File photo.

मकवानपुर / बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले चालु आर्थिक वर्षमा छुट्याइएको योजना कार्यान्वयनमा ढिलाई नगर्न मातहतका कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्रदेशभित्रका पूर्वाधार विकास कार्यालय र सहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरुबीच सोमबार मन्त्रालयमा भएको कार्यक्रम कार्यान्वयन बारेको छलफलमा राज्यमन्त्री प्रजाले डिपिआर गर्नुपर्ने योजनाहरुको डिपिआर सुरु गरी चाँडै ठेक्का लगाउन निर्देशन दिएका हुन् ।
‘योजना कार्यान्वयन गर्न कुनै कानुनी वा नीतिगत समस्या छ भने पहिचान गरी चाँडै नै मन्त्रालयलाई जानकारी गराउनूस्, नभए अब चाँडै नै योजना कार्यान्वयन गर्नतिर लाग्नुपर्ने हुन्छ ।’ राज्यमन्त्री प्रजाले भने । बहुवर्षीय ठेक्का लागेर काम भइरहेका सडक, भवन तथा सडक पुलका योजनाहरु चाँडै सम्पन्न गर्न सम्बन्धित कार्यालयहरु दबाब दिनुपर्ने पनि उनले बताए । यसअघि डिपिआर भएर बसेका योजनाहरुमा आवश्यक बजेट विनियोजन गरिएको भन्दै राज्यमन्त्री प्रजाले कुनै योजनामा बजेट हाल्न छुटेको भए संशोधन गरी बजेट हालिने प्रतिवद्धता पनि जनाए ।
कार्यालयहरुमा कर्मचारीको अभाव भएको गुनासो आएको भन्दै उनले सबै कार्यालयहरुमा स्थायी कर्मचारी थप गर्ने प्रक्रिया अघि बढिसकेको पनि उनले बताए । विगतमा कार्यालयका कर्मचारीको मनमुटाव तथा सल्लाह र समन्वय नहुँदा पनि योजना कार्यान्वयनमा असर परेको स्मरण गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न राज्यमन्त्री प्रजाले सचेत गराए ।
छलफलमा मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले कार्यक्रमहरु कार्यान्वयनमा कुनै समस्या भए प्रष्ट रुपमा राख्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे । कानून र नीति नियमको परिधिभित्र रहेर कार्य सम्पादन गर्नसमेत मातहतका कार्यालय प्रमुखहरुलाई उनले निर्देशन दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22