२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

दलहरूले अडान कायमै, सिट बाँडफाँड टुंगिएन, निर्णायक बैठक आज

प्रकाशित मिति : २०७९ भाद्र १६ गते
File photo

काठमाडौं / सत्तारूढ पाँचदलीय गठबन्धनमा दलहरूले आ–आफ्नो अडान नछाडेपछि बुधबार पनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट संख्या बाँडफाँड टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेता र कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँडसम्बन्धी कार्यदलको संयुक्त बैठकमा दलहरूले यसअघिकै दाबी नछाडेपछि सिट भागबन्डा नमिलेको हो ।
माओवादीबाट कार्यदल सदस्य रहेका नेता वर्षमान पुनले छलफल सकारात्मक रूपमा अगाडि बढेको र बिहीबारको बैठकबाट टुंगो लाग्ने दाबी गरे । ‘बैठक सकारात्मक रूपमा अगाडि बढेको छ । शीर्ष तहमा संख्याबारे छलफल भएको छ ।
सबैले लचक भएर आ–आफ्नो दाबीलाई छाडेर सहमतिमा पुग्ने समझदारी बनेको छ,’ उनले भने, ‘बिहीबार बिहान ११ बजेबाट बालुवाटारमै बैठक बस्दै छ । खाना–खाजा त्यहीँ खाएर पनि हामी टुंगोमा पु¥याउने तयारीमा छौँ । उक्त बैठकबाट संघ र प्रदेशको सिट संख्या र मोटामोटी क्षेत्रको विषयसमेत एकसाथ टुंगो लगाउने तयारी छ । शीर्ष तहबाट टुंगो लागेपछि कार्यदलले बाँकी काम गर्नेछ ।’
बुधबार छलफलका क्रममा कार्यदल र शीर्ष नेताहरूको छुट्टाछुट्टै बैठकसमेत बसेको थियो । कांग्रेसबाट कार्यदल सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सिट बाँडफाँडको विषय सहमतिनजिक पुगेको, तर निष्कर्षमा नपुगेको जानकारी दिएका थिए ।
उनले पनि आगामी बैठकबाट निष्कर्षमा पुग्ने दाबी गरे । ‘हामी सहमतिनजिक पुगेका छौँ । अबको बैठकले ठोस निष्कर्ष निकाल्नेछ,’ उनले भने, ‘छलफल भएका मोडालिटीअनुसार सिट बाँडफाँड हुन्छ । कुन पार्टीले कति छोड्ने भन्नेबारे न्यायोचित ढंगले निर्णय गरिनेछ ।’
सोमबार गठबन्धनमा बुधबारभित्र संख्या र २० भदौभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र बाँडफाँडको टुंगो लगाउने समझदारी बनेको थियो ।
त्यसअघि ९ भदौमा शीर्ष नेता र कार्यदल सदस्यको संयुक्त बैठकमा दलहरूले पहिलोपटक आ–आफ्ना दाबी पेस गरेका थिए । कांग्रेसले सय, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३१ सिट र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेका थिए । दलहरूले ०७४ र ०७९ को निर्वाचनलाई आधार बनाएर आफ्नोअनुकूल हुने गरी सिट दाबी गरेका थिए । तर, उनीहरूले निर्वाचन क्षेत्र भने खुलाएका छैनन् ।
राष्ट्रिय जनमोर्चाबाट कार्यदल सदस्य रहेका नेता हिमलाल पुरीले बुधबारको बैठकमा दलहरूले यसअघि प्रस्तुत गरेको दाबीका विषयमा छलफल गरेका थिए । ‘दलहरूले यसअघि राखेको दाबीको विषयमा बैठकमा छलफल भयो । तर, बैठक टुंगोमा पुग्न सकेन,’ उनले भने, ‘दलहरू आ–आफ्नो अडान छाडेर लचिलो हुने समझदारी बनेको छ । अर्को बैठकमा यसबारे छलफल हुनेछ ।’
कार्यदल गठनको करिब एक महिनासम्म पनि सिट टुंगो लाग्न नसकेपछि गठबन्धनमा शीर्ष नेतृत्वमाथि दबाब परेको छ । ११ सदस्यीय कार्यदलमा सहमति जुट्न नसकेपछि शीर्ष नेताले राजनीतिक निर्णयबाट टुंग्याउने तयारी गरिरहेका छन् ।
निर्वाचन आयोगले तयार गरेको आन्तरिक कार्यतालिकाअनुसार २ र ३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय छ । जसका लागि दलहरूसँग १८ दिन समय छ । त्यस्तै, २३ देखि २६ असोजसम्ममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका छ । बाँडफाँड लम्बिए दलहरूलाई पार्टीभित्र छलफल गरेर उम्मेदवार टुंगो लगाउन अप्ठ्यारो हुने नेताहरूले बताउँदै आएका छन् । (आजको नयापत्रिकामा खबर छ ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68