चितवन / इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा एक बेवारिसे महिलाको शव फेला परेको छ । पृथ्वी राजमार्गको सडक छेउमा महिलाको शव फेला परेको हो ।
आज (शनिबार) बिहान २ बजेको समयमा हाल पहिचान नखुलेको करिब अन्दाजी २० वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

















































