२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

भीमफेदी सवारी दुर्घटनामा ७ जनाको मृत्यु, पूरै विवरण आउन बाँकी

प्रकाशित मिति : २०७९ आश्विन ६ गते

मकवानपुर / मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटना परेर मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा तीन जना महिला, दुई जना पुरुष र दुई जना बालबालिका रहेका छन् । दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल पहिचान खुल्न सकेको छैन ।
काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्वरको यात्रुबाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर दर्जनौ यात्रु घाइते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको टोली पुगेको छ । उक्त दुर्घटनाबारे पुरै विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -