चितवन / चितवनबाट प्रकाशित हुँदै आएको ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाले प्रथम वार्षिकोत्सव मनाउने भएको छ । न्यूजप्रवाह साप्ताहिकको असोज १० गते घटस्थापनाका दिन प्रथम वार्षिकोत्सव मनाउने तयारी भइरहेको पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक बबिलाल तामाङले जानकारी दिए ।
चितवनको पत्रकारितामा नयाँ आयाम दिने लक्ष्यसहित विसं २०७८ भदौ २ गते उक्त पत्रिका प्रकाशन आरम्भ गरिएको हो । बि एण्ड बि मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित उक्त पत्रिका जिल्ला प्रशासन कार्यालय चितवनमा विधिवतरूपमा २०७८ साउन २९ गते दर्ता भएको हो ।
अहिलेको युग डिजिटलको युग भए पनि ‘न्यूजप्रवाह साप्ताहिक’ कडा चुनौतीका बीच मोफसलबाट प्रकाशनहुँदै आइरहेको छ । प्रकाशक तामाङले आमपाठकको सुविधालाई ध्यानमा राख्दै पत्रिकासँगसँगै डिजिटल पत्रिकाको रूपमा www.newsprabah.com पनि सञ्चालनमा रहेको बताए ।
उक्त अवसरमा पत्रिकाका लागि महत्वपूर्ण योगदान पुर्याउने चार जना व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ । सम्मानित हुनेमा तीन पत्रकारसहित एक सफल व्यवसायी रहने बताइएको छ । उनीहरुलाई विभिन्न समयमा गरिएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गर्न लागिएको प्रकाशक तामाङले जानकारी दिए ।
वार्षिक विशेषाङ्क पुस्तक सार्वजनिक :
यस्तैगरी वार्षिकोत्सवको अवसर पारेर ‘वार्षिक विशेषाङ्क’ पुस्तक विमोचन गरिने भएको छ । आम पाठक, विज्ञापनदाता लगायतलाई थप परिस्कृत गराउने उद्देश्यसहित उक्त वार्षिक विषेशाङ्क पुस्तक प्रकाशन गर्ने जमर्को गरिएको उनको भनाइ छ ।
सार्वजनिक गरिने पुस्तकमा २४ वटा लेख रचना तथा मुक्तक रहने छन् । विमोचन हुन लागिएको पुस्तकमा पाठकवर्ग, विज्ञापनदाता, लेखकवर्ग लगायतलाई मध्यनजर गर्दै सबै विषयवस्तु समेटिएको जनाइएको छ ।
- ADVERTISEMENT -

घटस्थापनामा ‘न्यूजप्रवाह साप्ताहिक’को वार्षिकोत्सव, ‘वार्षिक विशेषाङ्क’ सार्वजनिक गरिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52












