२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

वडावासीलाई गर्व महसुस हुनेगरी काम गर्दैछु : विकास थापा

प्रकाशित मिति : २०७९ आश्विन ८ गते

     भरतपुर महानगरपालिका वडा नं ३ बेलचोक निवासी विकास थापा २०४६ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय नेता हुन् । नेकपा एमालेबाट वडाध्यक्षमा विजयी थापाले समाजशास्त्रमा बिए गरेका छन् । बुबा गोकुलबहादुर थापा क्षेत्री, आमा अझदेवी थापाको कोखबाट जन्मिएका थापा जुझारु नेता मानिन्छन् । न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङले जनप्रतिनिधिका रूपमा वडाको समृद्धि र विकासमा लागिपरेका थापासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१) वडामा नगरी नहुने के कस्ता काम देख्नुभएको छ ?
– सबैभन्दा जटिल काम नारायणी नदी, नगर वन तटबन्ध, वडाभित्र पानीको निकासको लागि ढल तथा पिच निर्माण, पुङ्गी खोलाको सीमांकन तथा सार्वजनिक जग्गाको संरक्षण, सुरक्षा व्यवस्थाको लागि सिसिटिभी व्यवस्था, स्मार्ट सडक बत्ती जडान प्रमुख समस्याको साथै नगरी नहुने मुख्य काम रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

२) तपाईंको कार्यकालमा वडामा कस्तो परिवर्तन आउला ?
– माथि उल्लेखित समस्याको समाधान नै विकास परिवर्तनको मुख्य आधार हो । साथै सम्पूर्ण वडावासीलाई सहजरूपमा सेवा दिनु पनि मह¤वपूर्ण कुरा रहेको छ । हामी ३ नम्बर वडावासी हौँ भन्ने गर्व महसुस हुने विकास निर्माणदेखि सहज सेवा प्रवाह र जनताको जनप्रतिनिधिसँग आपसी सहज र सद्भाव मुख्य परिवर्तनको पाटो रहने छ ।

३) वडावासीको समस्या थुप्रै छन्, कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
– स्थानीय कानुनले दिएको अधिकार प्रयोगगरी कानुनको अधिनमा रही निष्पक्ष न्याय गरिने छ ।

- ADVERTISEMENT -

Advertisement

४) वडालाई नमुना बनाउने विषयमा के कस्ता कार्यक्रम समेटिएका छन् ?
– विशेषतः हाम्रो वडालाई नमुना वडाको रूपमा हामीले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा नगरवन क्षेत्रलाई अगाडि बढाइएको छ भने सुरक्षालाई मध्यनजर गरी वडा प्रहरी कार्यालयबाट रेखदेख हुनेगरी सिसिटिभीको व्यवस्थापन गरिने छ । साथै, वडाका प्रत्यक बिजुलीको पोलमा स्मार्ट बत्ती जडान गरी लाइटिङ वार्डको रूपमा स्थापित गरिने छ ।

५) महिला र युवालक्षित के कस्ता कार्यक्रम छन् ?
– महानगरको मध्य र सहरी क्षेत्रमा भईकन पनि हामी पिछडिएका छौं । अब हामीले यसलाई मध्यनगर गरी महिलालक्षित धेरै कार्यक्रम ल्याएका छौँ । जस्तै ः उद्घोषण तथा भाषणकला, तालिम, आत्मरक्षा तथा महिला हिंसा न्यूनीकरण तालिम, पोते बुन्ने तालिम आदि धेरै नै तालिमहरुका साथै युवाको मुख्य आकर्षण भनेको शिक्षा र खेलकुद रहेको छ । यसमा पनि मागअनुसार हामीले बजेट विनियोजन गरेका छौँ ।

६) गरिब तथा विपन्न वर्गका लागि के कस्ता सुविधा छन् ?
– सहरी क्षेत्र हुँदै गर्दा पनि हाम्रो वडामा पनि गरिब तथा विपन्न वर्गको समस्या छ । यसलाई यो वर्ष हामीले पहिलो कार्यक्रमको रूपमा एकसय परिवारलाई स्वास्थ्य बिमाको कार्यक्रम ल्याएका छौँ भने जाडो समयलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिने छ । साथ,ै सबैलाई स्वास्थ्य परीक्षणको कार्यक्रम पनि रहेको छ ।

७) अन्त्यमा वडावासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
– कानुनको अधिनमा रही न्याय गरिने छ भने सेवाग्राही सहज पहुँच वडामा पुगिसकेको छ । अबको पाँच वर्षमा आजसम्म नभएको विकासको खुड्किलो देख्नुहुनेछ, अनुभूति गर्नुहुनेछ । सबै वडावासीको साथ र सहयोगले वडाको मुहार फेरिने छ भन्ने प्रतिबद्धतासहित सम्पूर्णमा सन्देश दिन चाहन्छु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36