चितवन / नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर डुबेर वेपत्ता भएका छन । धादिङ्ग महाविरबेशी घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटमा डेरा गरेर बस्ने पार्वती अधिकारीको बर्ष १६ का अभिषेक अधिकारी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पौडी खेल्ने क्रममा अभिषेक आज दिउसो सवा १ बजे डुबेर वेपत्ता भएका छन । उनी डुबेर वेपत्ता भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट देबघाट र वडा प्रहरी कार्यालय नारायणगढको विपदउद्धार सहितको टोलीद्धारा खोजतलास भईरहेको छ ।
हालसम्म उनी फेला पर्न सकेका छैनन ।
- ADVERTISEMENT -

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता
September 27, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
