चितवन / भरतपुरका प्रायः अस्पतालले बहिरङ्ग बाहेकका सबै सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवाबाहेकका अन्य सबै सेवा नियमित सञ्चालन हुने जानकारी दिए ।
उनका अनुसार दसैँको बिदामा पनि यहाँका अस्पतालले सेवालाई नियमित गर्ने भएका हुन् । केही अस्पतालले भने दसैँको टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवा समेत नियमित सञ्चालन गर्दैछन् ।
बहिरङ्गको अत्यावश्यक खोप, ड्रेसिङलगायतका सेवा भने टीकाको दिनबाहेक अन्य दिन सञ्चालन हुने उहाँको भनाइ छ । सोका लागि हरेक दिन बिहान ९ देखि १० बजेसम्म सेवा सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
यसबाहेकका अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालनमा आउने छन् । पौडेलका अनुसार प्रसूतिलगायतका विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने छन् ।
चितवन मेडिकल कलेजले टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवासमेत दिने भएको छ । कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार टीकाको दिनमा बहिरङ्ग सेवा हुँदैन भने अन्य सबै सेवा सो दिनमा पनि सञ्चालन हुनेछन् ।
फूलपातीको दिनबाट टीकाको भोलिपल्टसम्म बहिरङ्ग सेवा बिहान ८ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । सबै विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने उनको भनाइ छ ।
दसैँको समयमा दुर्घटनाका बिरामी बढी आउने भएकाले मेडिकल कलेजले आकस्मिक र ट्रमा सेन्टरमा विशेष व्यवस्था गरेको छ । कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का उपनिर्देशक डा राजेश यादवका अनुसार बहिरङग बाहेकका सबै सेवा दसैँ बिदाभर पनि सञ्चालन हुनेछन् ।
फूलपातीको दिनदेखि टीकाको भोलिपल्टसम्म बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवाबाट बिरामीलाई उपचार व्यवस्था गरिएको छ । उनले भने, ‘बहिरङ्गबाहेक अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालन हुन्छन् ।’ यस्तै निजी केही अस्पतालले दसैँको बेलामा उपचारको विशेष व्यवस्था गरेका छन् ।
मौलाकालिका अस्पतालले टीकाको दिन टीका लगाउने समयबाहेक अन्य समयमा पूर्ववत् अवस्थामा सबै सेवा दिने जनाएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक डा केशव भुर्तेलका अनुसार चिकित्सकले पालो मिलाएर उपचार सेवा दिने व्यवस्था मिलाइएको छ । उनका अनुसार अधिकांश विभागमा तीन जना विशेषज्ञ चिकित्सक र धेरै स्थानीय भएकाले सेवा रोक्न नपरेको हो । भरतपुर आँखा आकस्मिक सेवा सञ्चालन गर्ने जनाएको छ ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार आँखामा चोटपटक, धुलोलगायतबाट हुने चोटको आकस्मिक उपचार गर्नु परेमा अस्पतालले सेवा दिनेछ ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक र अन्तरङ्ग सेवा सञ्चालनमा रहने छन् । सूचना अधिकारी जिएन महतोका अनुसार अन्य विभागले दसैँँ बिदाअघि र पछि सेवा दिने गरी तालिका बनाएर उपचार व्यवस्था गरेका छन् ।
जिल्लामा बिदाको समयमा समेत उपचार हुने भएपछि छिमेकी जिल्लाबाट समेत उपचारका लागि आउने गर्दछन् । राजधानी बाहिर सबै खालका उपचारका लागि देशैभरबाट यहाँ बिरामी आउने गर्दछन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका अस्पतालले दसैँको बिदामा पनि सेवा दिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34













