चितवन / चितवनको पर्यटकीय नगरी सौराहामा बाढी पसेको छ । बुधबारदेखिको निरन्तर बर्षाका कारण पर्यटकीय नगरी सौराहामा बाढी पसेको हो ।
राप्ती लगायतका खोलामा आएको बाढीका कारण खोला किनारका होटल तथा रेष्टुरेन्ट डुबानमा परेको हो । राप्ती खोलामा यो बर्षकै ठूलो बाढी आएको होटल हर्मिटेज सौराहाका मेनेजर रमेश रेग्मीले बताए ।
अहिले सौराहाको खोला किनारमा रहेका १ दर्जन भन्दा बढी रेष्टुरेन्ट डुबानमा परेका छन् भने ५ वटा भन्दा बढी होटेलमा बाढी पसेको रेग्मीले बताए । बर्षा निरन्तर भैरहेकाले सौराहाका धेरै होटल डुबानमा पर्न सक्ने बताइएको छ ।

















































