–बबिलाल तामाङ
चितवन / राप्ती नगरपालिका–७ मा स्थित साँघ छेवाङ टासी बौध्द गुम्बामा मौन व्रत (ङयुङने) तथा पूजा सम्पन्न गरिएको छ । दसैं पर्वको नाममा हुने पशुपन्छीको हत्या तथा ती आत्माको चिरशान्तिको कामना गर्दै मौन व्रत तथा पूजा सम्पन्न गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष राजेश रुम्बा तामाङले जानकारी दिए ।
असोज १६ गते (बुधबार) अर्थात दशै अष्टमीको पूर्वसन्ध्याबाट सुरु भएको मौन ब्रत तथा पूजा बुधबार सकिएको हो । धर्मगुरु लोपेन पेमा लामाको नेतृत्वमा उक्त मौत ब्रत तथा पूजा सम्पन्न भएको थियो ।
बौद्धधर्मलम्बीले दसैंको बेला पर्वका नाममा लाखौं पशुपन्छीको बली दिने भएकोले ती प्राणीको आत्माले चिरशान्ति पाओस् भन्दै फापा चेङरेसी (आर्य अवातालोकेश्वर) को बन्दना गर्ने गर्दछन् । ब्रतको प्रभावले पर्वको नाममा अकालमा मारिएका प्राणीको उद्धार तथा मुक्ति हुने विश्वास गरिन्छ ।
बौद्धधर्म अनुसार यसरी एक पटक निराहार मौन ब्रत बस्दा ४० कल्पसम्मका क्लेश (पापकर्म) कट्टी भई मानव जीवनमा जन्म हुन्छ भन्ने विश्वास छ । ङयुङने मौन ब्रत अन्तर्गत बसिने ब्रतमा बौद्ध धर्मावलम्बी तामाङ, गुरुङ, शेर्पा, थकाली एवं हिमाली समुदायले दसैंको समयमा तीन दिनसम्म ङयुङने मौन ब्रत बस्ने गर्दछन् ।
ब्रतका लागि मकवानपुर जिल्लासहित चितवनलगायतका स्थानबाट ५७ जना लामा, आनी, ज्योमो, ब्रतालु उपासक, उपासिकाको सहभागिता रहेको अध्यक्ष तामाङले बताए । सोही अवसर पारेर समाजसेवी धनबहादुर सिँखडालाई सम्मान गरिएको थियो ।
विभिन्न समयमा गुम्बालाई सहयोग गरेको भन्दै हाल जापान रोजगारीको सिलसिलामा रहेका स्थानीय समाजसेवी सिम्खडा (बाशु) लाई नेपाल आगमनको समय परेकोले गुम्बा समितिले बिशेष सम्मान गरेको हो ।
मौन व्रत समापनसँगै आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेशमन्त्री दावा दोर्जे लामाको हातबाट सिम्खडालाई सम्मान गरिएको थियो ।
यसैबीच उर्गेन नोर्बु छोलिङ गुम्बा भरतपुर–७, नारायणपुरमा पनि मौन व्रत (ङयुङने) तथा पूजा सम्पन्न गरिएको छ । सात जना गुरु र १७ मौन ब्रतालुको सहभागिता रहेको गुम्बाका अध्यक्ष आसमान तामाङले जानकारी दिए ।
यस्तै भरतपुर ११ भोजाडमा अवस्थित छेच्यु थर्पलिङ गुम्बामा पनि मौन व्रत (ङयुङने) तथा पूजा सम्पन्न गरिएको गुम्बाका अध्यक्ष पंचबहादुर तामाङले बताए ।
हरेक वर्ष देशैभरका गुम्बामा दसैं पर्वको नाममा हुने पशुपन्छीको हत्या तथा ती आत्माको चिरशान्तिको कामनाका लागि मौन व्रत (ङयुङने) तथा पूजा गरिने उनले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

हत्या गरिएका पशुपन्छीको नाममा चिरशान्तिको कामना गर्दै ङयुङने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34













