काठमाडौँ / चितवन लगायत देशैभर चुनावी माहोलको सरगर्मी अत्यधिक बढेको छ । आइतबार सम्पन्न भएको अत्यधिक उमेदवारी दर्ताबाट चुनावी माहोलको सरगर्मी सहजै आंकलन गर्न सकिन्छ ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन् । प्रतिनिधिसभाको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि राति ९ बजेसम्म ५ हजार ९ सय १७ जनाको उम्मेदवारी परेको विवरण अद्यावधिक भएको छ । उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ । सोमबार उम्मेदवारी दिएकाको पूरा सूची आउने आयोगले जनाएको छ ।
‘कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको प्रक्रिया रोकिएको छैन । उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता गरेका छन्,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने । निर्वाचन आचारसंहिता उल्लंघनको कुनै पनि उजुरी आयोगमा नपरेको उनले बताए ।
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएर कालोसूचीमा परेकाले पनि तोकिएको जरिवाना तिरेर उम्मेदवारी दिएका छन् । आयोगका अनुसार ९६ जनाले ३ करोड ५५ लाख रुपैयाँ जरिवाना बुझाएका छन् ।
बाढीपहिरोले आवतजावतमा कठिनाइ भएका क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्न नसक्ने उम्मेदवारलाई आयोगले सहज व्यवस्था मिलाएको थियो । दलले उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र, आवश्यक कागजात निर्वाचन आयोग र आयोगअन्तर्गतका निर्वाचन कार्यालयले बुझेर उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको थियो ।
कसको उम्मेदवारी कुन क्षेत्रमा ?
प्रतिनिधिसभाको १ सय ६५ सिटका लागि २ हजार ४ सय ९४ र प्रदेशसभाका ३ सय ३० सिटका लागि ३ हजार ४ सय २३ जनाले उम्मेदवारी दिएको विवरण आयोगमा अबेरसम्म अद्यावधिक भएको छ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकामध्ये पुरुष २ हजार २ सय ६१ र महिला २ सय ३३ जना छन् ।
प्रदेशसभामा पुरुष ३ हजार १ सय २७, महिला २ सय ९५ र तेस्रो लिंगी १ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा दलअनुसार राप्रपाले सबैभन्दा बढी उम्मेदवार उठाएको छ ।
प्रतिनिधिसभा राप्रपाले १ सय ४१, एमालेले १ सय ३९ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ३१ जना उम्मेदवार उठाएको छ । माओवादीले ४५, कांग्रेसले ९१, एकीकृत समाजवादीले २४, लोकतान्त्रिक समाजवादीले ५२, जनता समाजवादीले ८० क्षेत्रमा उम्मेदवार उठाएको छ ।
त्यस्तै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने १ हजार २ सय ५२ जना छन् । दलगत रूपमा हेर्ने हो भने ३ सय ३० सिटका लागि एमालेको २ सय ७८, राप्रपाले २ सय ६७, कांग्रेसले १ सय ८४, जसपाले १ सय ४३, माओवादीले १ सय १२, लोसपाले ७६ उम्मेदवार दिएको छ ।
आइतबार बिहान १० बजेबाट अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको आयोगले जनाएको छ । राति अबेरसम्म मनोनयन दर्ता भइरहेको आयोगले विज्ञप्ति जारी गरेको छ । ‘कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै छ,’ जारी विज्ञप्तिमा उल्लेख छ । करिब ६ हजारले उम्मेदवारी दिएको हुन सक्ने आयोगले जनाएको छ ।
सबैभन्दा बढी उम्मेदवारी काठमाडौं क्षेत्र नम्बर ४ मा परेको छ । आइतबार अबेरसम्म आयोगको प्रणालीमा आएको विवरणअनुसार काठमाडौं क्षेत्र नम्बर ४ मा ३५ जनाले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट कांग्रेसका गगन थापा, एमालेका राजन भट्टराई, राप्रपाबाट ठाकुरमोहन श्रेष्ठले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट मात्रै १७ जना छन् ।
काठमाडौं–१ मा ३२ जना, मोरङ–३ बाट ३१, धनुषा–३ मा ३१ जनाले उम्मेदवारी दिएका छन् । धनुषा–४ र काठमाडौं–२ मा ३१ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं–५ मा ३०, काठमाडौं–७ मा २९, झापा–५ मा २७, सुनसरी–२ मा २७, भक्तपुर–२ मा २६, सुनसरी–४ मा २५ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता गराउने उम्मेदवारको सूची साँझ ७ बजेसम्म सार्वजनिक गर्नुपर्ने थियो । मनोनयन अबेरसम्म भएकाले अधिकांश निर्वाचन कार्यालयले सार्वजनिक गर्न सकेका छैनन् । उम्मेदवारका विरुद्ध सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको छ । ‘मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिन्छ,’ आयोग प्रवक्ता शर्माले भने ।
उजुरी परेपछि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुनेछ । मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नुपर्ने हुन्छ । बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । त्यही दिन (असोज २६) ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

देशैभर व्यापक चुनावी सरगर्मी, ६ हजार बढी चुनावमा भिड्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.57
153.17

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
207.09
207.91

Swiss Franc
1
189.29
190.04

Australian Dollar
1
109.48
109.91

Canadian Dollar
1
109.89
110.33

Singapore Dollar
1
119.94
120.41

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.64
40.80

Qatari Riyal
1
41.85
42.02

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.54
41.71

Malaysian Ringgit
1
37.83
37.98

South Korean Won
100
11.03
11.08

Swedish Kroner
1
16.00
16.06

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.21
499.17

Bahrain Dinar
1
404.69
406.28

Omani Rial
1
396.30
397.86









