२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मञ्जु असहाय संरक्षण केन्द्रलाई खाद्यन्न सहयोग प्राप्त

प्रकाशित मिति : २०७९ आश्विन २९ गते

चितवन / भरतपुर ११ वाइपासस्थित मञ्जु असहाय संरक्षण केन्द्रलाई खाद्यन्न सहयोग प्राप्त भएको छ । संरक्षण केन्द्रलाई खाद्यान्न अभाव भएको जानकारी प्राप्त भएपछि आज (शनिबार) सहयोग गरिएको कोभिड १९ ग्रुप भरतपुर ७ का अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
गु्रपले ६ बोरा चामल, दाल ५ केजी, १० पोका नुन, एक दर्जन नुहाउने साबुन, लुगाधुने साबुन, चाउचाउ, बिस्कुट, मरमसला, अण्डालगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो । यसअघि पनि केन्द्रमा गुरुङले जन्मदिनको अवसर पारेर सहयोग गरेको थियो ।
उनले केन्द्रको अवस्था निकै दयनीय रहेकोले सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । मानव सेवा र सामाजिक कार्यमा सबैले मन खोलेर सहयोग गर्न आग्रह समेत गरे ।
मञ्जु असहाय संरक्षण केन्द्रका अध्यक्ष मञ्जु खाँडले सामाजिक कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए । विगत ८ वर्षदेखि संरक्षण केन्द्र संचालन गर्दै आएका मञ्जुले खाद्यान्न मात्र सहयोग प्राप्त हुँदा अन्य कार्यमा असहज भएको भनाइ थियो ।
उनका अनुसार केन्द्रमा आश्रित बालबालिकालाई शिक्षा र स्वास्थ्यका लागि नगद चाहिने हुँदा सञ्चालनमा कठिनाइ भएको जिकिर गरिन् । अन्य कुनै आयश्रोत नहुँदा स्थानीय तह र सम्बन्धित निकायले उनीहरुको शिक्षा र स्वास्थ्यमा जोड दिन उनले आग्रह गरिन् ।
२०७२ सालमा स्थापना भएको संरक्षण केन्द्रको हाल आफ्नै भवन भएपनि सञ्चालनमा निकै चुनौति व्यहोर्नु परेको उनले भनिन् । विभिन्न दाताहरुसँग सहयोग जुटाएर निर्माण गरिएको उक्त भवनको अझै पनि ऋण तिर्न बाँकी रहेको बताइन् ।
उनीहरुको पालनपोषण नै दाताहरुबाट नै जुट्दै आइरहेकोले सबै संघसंस्था तथा मनकारीहरुलाई सहयोग गरी दिनुहुन उनले आग्रह समेत गरिन् । हाल केन्द्रमा २२ जना बाबुनानीहरु आश्रित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39