२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

किसानहरुले तोके सयपत्री मालाको मूल्य

प्रकाशित मिति : २०७९ कार्तिक २ गते

चितवन / भाइटिकामा दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टिका र सयपत्री वा मखमली फूलको माला लगाइदिने चलन रहेको छ । भाइटिकाको लागि सयपत्री फूलको जोहो गर्ने क्रम सुरु भएको छ । कतिपय किसानले तयार भइसकेका फूल टिपेर कोल्डस्टोरमा राख्न सुरु गरेका छन् ।
विगत वर्षहरुमा सयपत्री फूलको मालाको मूल्यमा एकरुपता थिएन । यस वर्ष भने किसान आफैले मूल्यमा एकरुपता कायम गर्न कस्सिएका छन् । व्यवसायिक पुष्प किसानहरुले आज (मंगलबार) संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सयपत्री फूलको मालाको मूल्यमा एकरुपता कायम गरिएको जानकारी गराएका हुन् । यस वर्ष चितवनमा प्रति माला खुद्रा मूल्य ९० देखि सय रुपैयाँसम्म निर्धारण गरिएको छ ।
फूलको गुच्छाको आधारमा मूल्य निर्धारण गरिएको हो । एउटा मालालाई सय रुपैयाँ भन्दा बढी लिन नपाइने फ्लोरिकल्चर एशोसियसन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले बताए । यस वर्ष चितवनमा पाँच लाख माला खपत हुने उनको अनुमान छ । जिल्लामा मागको ८० प्रतिशत फूल उत्पादन हुने उनी बताउँछन् ।
चितवनमा यस वर्ष ४० विघा भन्दा बढि जग्गामा सयपत्री फूल खेती गरिएको पुष्प किसान गोविन्द बास्तोलाले बताए । तिहारमा सयपत्री फूल प्रति किलो ४०० रुपैयाँसम्म विक्री हुने उनले बताए । एक किलो फूलले चार वटासम्म माला बनाउन सकिन्छ ।
भारतीय माला सुतरीको धागोमा उनेर बनाइएको हुन्छ । त्यस्तो मालामा केमिकल प्रयोग हुने भएकाले कोल्ड स्टोरबाट निकालेको करिब दुई घण्टामै ओइलिने रत्ननगर नगरपालिकाका कृषि शाखा प्रमुख प्रविन लामा बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73