गिरीगाउँ (झापा) / झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरी ६ वर्षदेखि व्यावसायिक कुखुरापालनमा छन् । गिरीले कुखुरापालनबाट राम्रो कमाइसमेत गरिरहेका छन् ।
गिरीका अनुसार द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिक रू ४० लाख आम्दानी गर्न सफल भएका छन् ।
रु एक करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन । लेयर्स जातका कुखुराले एक ‘लट’मा पाच वर्षसम्म अण्डा दिने गरेको तर १५ महिना जतिचाहिँ राम्रो अण्डा दिने बताए ।
‘स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकाले सुरुमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ’, व्यवसायी गिरीले सुनाए । बिबीएस पास गरेका उनले युरोपका क्यानाडा, जर्मन, पोर्चुगललगायत विभिन्न देशमा रोजगारीको सिलसिलामा धेरै वर्ष बिताएका थिए । तर जहाँ बसे पनि नेपालमा बसेर व्यवसाय गरे जत्तिको सन्तुष्टि आफूलाई नमिलेको उनको भनाइ छ ।
कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उनले बताए । फार्ममा दैनिक पाँच हजार अण्डा उत्पादन हुन्छ । अण्डा प्रतिगोटा रु ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे ।
लेयर्स जातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ । कुखुराको सुली (मल)बाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए । प्रतिबोरा रु तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुईवटा ठूला–ठूला कटेरोमा कुखुरा पालिएको छ ।
कुखुरापालनसँगै उनले क्रसर व्यवसायमा समेत लगानी गरी अगाडि बढाएका छन । उनले ‘कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पु¥याएर काम गर्दा नाफा हुन्छ’ । कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ, यसपालि पनि धेरै कुखुरा मरेको उनले बताए । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए ।
‘हामीजस्ता युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गरी स्वदेशमै आधुनिक खेती गर्न प्रेरित गर्न जरूरी छ’, उनले भने ।
- ADVERTISEMENT -

फष्टाउँदै कुखुरापालन व्यवसाय, ४० लाख वार्षिक कमाई

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













