चितवन / चितवन क्षेत्र नम्बर २ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार तथा नेताहरुले गठबन्धनलाई विश्वास गर्न आग्रह गरेका छन । अब पनि जनता भ्रममा पर्न नहुने भन्दै उनीहरुले स्थायी सरकार र लोकतन्त्रको रक्षा गर्न गठबन्धनकै जित आवश्यक रहेको बताए । मंगलबार सांँझ भरतपुरमा आयोजित महिला अगुवा भेला तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले अस्थिर स्वतन्त्र पार्टीहरुलाई जिताउनु नहुने तर्क गरेका हुन् ।
सो कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का उम्मेद्वार उमेश श्रेष्ठले यो गठबन्धन देशको समृद्धिको लागि गरिएको भन्दै यहांँका मतदाताहरुले सोच र मानसिकतामा परिवर्तन गर्नुपर्नेमा जोड दिए । दुई तिहाईको सरकारको दम्भको कारण देश संकटमा परेको भन्दै उनले गठबन्धन जिताउन सबैको साथ आबश्यक रहेको बताए । गठबन्धनलाई जिताउन महिलाको नेतृत्व र ठूलो जिम्मेवारी रहेको उनको भनाई थियो । ‘गठबन्धनलाई जिताउन महिलाको नेतृत्वदायी भूमिका र ठूलो जिम्मेवारी छ ।
महिला मतदाताको संख्या पनि धेरै छ । तपाई गठबन्धनको दुत बनिदिनुस । गठबन्धनलाई जिताउने र हराउने पनि तपाईहरुकै हातमा छ ।’ उनले भने । आफूले यो देशमा लिन नभएको भन्दै दिन मात्र आएको उनले बताए । ‘म कुनै पनि क्षेत्रमा असफल र नहारेको मान्छे , उनले भने, मैले स्वास्थ्य राज्यमन्त्री भएर गरेको कामको पनि मुल्यांकन गरिदिनुस । अधुरा काम पनि गर्नदिनुस ।’ शिक्षा स्वास्थ्य , कृषि, पर्यटन हाईड्रो क्षेत्रमा आफूले फड्को मार्न सफल भएकोले उत्पादन र रोजगारी दिनपनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई थियो ।
‘मलाई अब एकपटक जिताईदिनुस । यो क्षेत्रमा ५ बर्षमा १० हजार जनाको रोजगारीको ग्यारेन्टी गर्नेछु ।’ कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार घनश्याम दाहालले स्वतन्त्र पार्टीका कुनै पनि स्पष्ट दृष्टिकोण र कार्यदिशा नभएको भन्दै मतदातालाई सचेत हुन आग्रह गरे । रवि लामिछानेको उम्मेद्वारीलाई लक्षित गर्दै उनले भने,‘ देशी विदेशी शक्तिको आडमा घण्टी आएको छ , उनले भने, घण्टीको यो देशमा काम छैन । यो मन्दिर र नदी किनारमा बजाउन मात्र काम लाग्छ ।
स्वतन्त्र पार्टीको कुनैपनि अस्तित्व नरहेको भन्दै उनले यस्ता पार्टीलाई मत दिएमा देश दुर्घटनामा जाने उनको भनाई थियो । सो अवसरमा बोल्दै प्रदेश २ खका उम्मेद्वार उत्तम जोशीले देशमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन नभएको बताए । देशमै रोजगारीको वातावरण सिर्जना गरी विदेशिएका युवाहरुलाई नेपाल ल्याउन पनि आफूलाई जिताउन उनले आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेतृ एवं भरत महानगरपालिकाकी प्रमुख रेनु दाहालले स्थानीय निर्वाचनमा पनि भरतपुरका महिला स्वतस्फूर्त आएको र गठबन्धनलाई जिताएको भन्दै प्रशंसा गरिन ।
‘आधा भन्दा बढी महिला मतदाता हुनुहुन्छ । जित हार पनि तपाईहरुकै हातमा छ । त्यसैले स्थिरताको लागि पनि गठबन्धनको जित आवश्यक छ ।’ उनले भनिन । सबै क्षेत्रमा सफल व्यक्ति उमेश श्रेष्ठ चितवनले पाएको र प्रदेश उम्मेद्वार पनि उत्तिकै अनुभवी र उर्जावान भएकोले गठबन्धनलाई जिताउन उनले आग्रह गरिन । ‘जनतालाई भ्रम छर्न घण्टी बोकेर टुरिष्ट उम्मेदवार चितवन छिरेका छन , उनले भनिन, यस्तो बेला महिला थप शशक्त हुनुपर्छ । जाग्नुपर्छ ।’
स्थानीय सरकारसंँगको तालमेल समन्वयको लागि पनि प्रदेश संघीय निर्वाचनमा गठबन्धनको जित आवश्यक रहेको उनको भनाई थियो । अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य महिलाले मतदाता सचेत हुनु पर्ने अवस्था आएको र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको भ्रम चिर्न गठबनधनका नेताहरु एकजुट हुनुपर्ने सुझाव दिएका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

लोकतन्त्रको रक्षा गर्न गठबन्धनकै जित आवश्यक छ – नेता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34









