March 15, 2025
- ADVERTISEMENT -

छुट्टाछुट्टै दुर्घटनामा परेर दुई महिला घाइते

November 12, 2022

मकवानपुर / मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएकी छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा शुक्रबार साँझ सो दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार लेवटबाट हेटौंडातर्फ आउँदै गरेको ना२७प ७० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५३ वर्षीया बिबिमाया स्याङतान गम्भीर घाइते भएको हो ।
घाइते उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुर अस्पताल लगिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
आगोलागीमा परि एक युवती घाइते
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९ स्थित एक घरमा आगोलागी भएको छ । शुक्रबार राति ११ बजेको समयमा स्थानीय लालबाबु प्रजाको काठले बनेको २ तल्ले कच्चि घरमा एक्कासी आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार आगोलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुन, नगद, पशुपन्छी पुर्ण रुपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनजनको क्षति भएको हो ।
उक्त आगोलागीमा परेर लालबाबुको छारी १९ वर्षीया रेजिना प्रजा घाइते भएकी छन् । उनलाई उपचारको लागि किर्तीपुर अस्पताल पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -